३० भदौ, काठमाडौँ । पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १ सय ६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ ।
२०६७\ ६८ मा ११ हजार ९ सय ८२ जना र २०६८ \६९ मा १० हजार ३ सय २४ जनाले अनुमति लिएका छन् । विदेशमा अध्ययनका लागि जानुअघि शिक्षा मन्त्रालयमार्फत नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने प्रावधान छ ।
यस्तै,, २०६९ \७० मा १६ हजार ५ सय ४, २०७० \७१ म २८ हजार १ सय २६ र २०७१\ ७२ मा ३० हजार ६ सय ९६ जनाले अनुमति लिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए । यसैगरी २०७२ \७३ मा ३२ हजार ४ सय ८९ , २०७३\ ७४ मा ५० हजार ६ सय ५९ जना, २०७४\ ७५ मा ५८ हजार ७ सय ५८ र २०७५\ ७६ मा ६३ हजार २ सय ५९ जना विद्यार्थी बिदेसिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
अध्ययनका लागि नेपाली विद्यार्थीहरु अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका ६० वटा देशमा जाने गरेका छन् । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ भदौ ३० सोमवार ०८:०४ मा प्रकाशित





























