back
CTIZAN AD

कृषिमा फड्को मार्दै मकवानपुरगढी

वि.सं.२०७६ भदौ ३० सोमवार

753 

shares

३० भदौ, हेटौँडा । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषितर्फ जोड दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हँुदै गएको छ ।

विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनसमेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका कृषिमार्फत मात्रै समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष विदुर हुमागाइँले जानकारी दिए ।

“हामी जसरी भए पनि किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादन वृद्धि गराउने तथा सोरोजगार समेतको सृजना गर्ने अभियानमा छौँ,” उनले भने । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र तथा पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी गरिरहेको उनले जानकारी दिए ।

व्यावसायिक दूध उत्पादन पकेट क्षेत्रका रुपमा रहेको सो गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक दश हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ । जुन यहाँको कूल उत्पादनको आधाभन्दा पनि कम रहेको दुग्ध सङ्कलक बताउँछन् । सहकारीमार्फत सङ्कलन हुने दूधबाट मात्रै गाउँपालिकामा मासिक रु एक करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिए ।

उक्त गाउँपालिकामा हाल ३० ठूलठूला गाईपालन केन्द्र सञ्चालित रहेका जनाइएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसान अत्यधिक रहेका तर उनीहरुको अभिलेख नभएको बुझिएको छ । गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा रहेको छ । त्यस्तै आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौँको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । राज्मा, बोडी, मास, सिमी र भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवम् बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताए । (रासस)

वि.सं.२०७६ भदौ ३० सोमवार ०९:३९ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...