back
CTIZAN AD

संस्कृति संरक्षण गर्न रोपाइँ जात्रा देखाइयो

वि.सं.२०७६ भदौ ३० सोमवार

897 

shares

३० भदौ, मिक्लाजुङ रोपाइँ गर्दा बेठी लगाउने प्रचलन हराउँदै गएको हुँदा संस्कृति संरक्षणको निम्ति भन्दै आइतबार पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा रोपाइँ जात्रा देखाइएको छ । धान रोपाइँ गर्दा पहिल्यै गाउँघरमा बेठी लगाउने प्रचलन रहेको तर अहिले उक्त प्रचलन हराउँदै गएको हुँदा रोपाइँ जात्रा देखाइएको वडाध्यक्ष गोपाल गुरुङले बताए ।
रानीटार माविका विद्यार्थीले प्रदर्शन गरेको उक्त रोपाइँ जात्रामा १० वटा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका पहिरन लगाएर रोपार, बाउसे, हलीले रोपाइँ गरेका थिए । विसं २०३८ भदौ ४ गतेबाट गर्न थालिएको रोपाइँ जात्रा ०५४ सालमा तत्कालीन माओवादीको द्वन्द्वकालीन समयमा गर्न नसकिएको रानीटार माविका शिक्षक सूर्य अधिकारीले बताए । पछि द्वन्द्व सकिएपछि पुनः २०६४ सालदेखि रोपाइँ जात्रालाई निरन्तरता दिइएको उनले बताए ।
इतिहासमा सीमित हुन लागेको बेठी लगाएर गरिने रोपाइँ लोप हुन लागेपछि नयाँ पुस्ताले पनि सिकुन् भनेर उक्त रोपाइँ जात्रा देखाइएको रानीटार माविका प्रधानाध्यापक भक्त राईले बताए । विसं २०३८ देखि तत्कालीन मुवा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मोत्सवको अवसरमा बाल दिवस मनाइँदा भदौ ४ गते रोपाइँ जात्रा गर्न थालिएको स्थानीय बताउँछन् । गणतन्त्र स्थापनापछि मिति सारेर भदौ २९ गते बाल दिवसको दिन रोपाइँ जात्रा निकालिएको रोपाइँ जात्रा व्यवस्थापन समितिका सचिव रुपेन तामाङ बताउछन् ।
रोपाइँजात्रा उद्घाटन कार्यक्रममा फिदिम नगर प्रमुख ओनाहाङ नेम्वाङले लोप हुन लागेको बेठी लगाएर गरिने रोपाइँ (रासस)

वि.सं.२०७६ भदौ ३० सोमवार ०९:५५ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...