३० भाद्र, काठमाडौँ । पछिल्लो समय एक सातादेखि निरन्तर रुपमा ओरालो लाग्दै आएको सुनको मूल्य आज भने ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनमा प्रतितोला ९ सयले र तेजाबीमा प्रतितोला रु ११ सयले ले बढेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० थियो भने तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९०० मा कारोवार भएको थियो ।
त्यस्तै आजको छापावाल सुनको मूल्य बढेर प्रतितोला ७१ हजार ३ सय पुगेको छ भने तेजाबीको ७१ हजार पुगेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि थोरै उकालो लागेको देखिएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २५ ले बढेर ८६५ पुगेको महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ भदौ ३० सोमवार १२:४६ मा प्रकाशित






























