back
CTIZAN AD

रोमानियामा एनआरएनए एनसीसीको सबै पद निर्विरोध

वि.सं.२०७६ भदौ ३० सोमवार

762 

shares

रोमानिया । गैरआवासिय नेपाली संघ (एनआरएनए) एनसीसीको सबै पदमा निर्बिरोध चयन भएका छन् ।

प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रोमानियाको छैटौ राष्ट्रिय महाधिवेशन सफलताका साथ आइतबार रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको हो । महाधिवेशनले सर्वसम्मत रुपमा १९ सदस्यीय नयाँ कार्य समिति २०१९९\ २०२१ गठन गरेको छ ।

गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री के सी, सहकोषाध्यक्ष सोम सापकोटा, यूरोपका संयोजक शिवकुमार बरुवाल, सह संयोजकद्वय एकराज गिरी र गोबिन्द प्रसाद गौतमले महाधिबेशनको सफलताको लागि हार्दिक शुभकामना पठाएका थिए ।

राष्ट्रिय महाधिवेशनले आईसीसी सदस्य तथा संरक्षकमा एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेललाई र अध्यक्षमा आलोक साहलाई दोस्रो पटक निर्बिरोध चयन गरेको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, रोमानिया २०१९\२०२१ को नामावली अनुसार अध्यक्षमा आलोक साह, वरिष्ठ उपाध्यक्षमा जेनी गुरुङ, उपाध्यक्षमा ल्हाक्पा तेन्जी लामा शेर्पा, महासचिवमा खगेन्द्र अधिकारी, सचिवमा खुमलाल भुसाल, कोषाध्यक्षमा गोमा थापा, सह–कोषाध्यक्षमा मेन्दा शेर्पा, युवा प्रतिनिधिमा प्रज्वल खड्का, महिला प्रतिनिधिमा शोभा मानन्धर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा डा. अमित रिजाल, मैयाँ मोनि राई, मुक्तिराज कोइराला, फुर्सांग लामा, कल्पना राई अधिकारी, पवन नेपाली, शुष्मा गुरुङ, रीना बज्राचार्य र पासाङ छोटी शेर्पा निर्विरोध चयन भएका हुन् ।

वि.सं.२०७६ भदौ ३० सोमवार १२:३८ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...