३१ भदौ, काठमाण्डौं । भाद्र २८ गते शनिबार संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिलो भएको भनिए पनि बुद्ध एयरले जहाज ढिलो उड्नुको कारण खुलाउदै प्रेस विज्ञप्ति जारी गरेको छ ।
बुद्ध एयरले जहाज ढिलो हुनुको कारण खुलाउँदै शनिबारको उक्त उडान BHA 406 मा मन्त्री भट्टराई समेत रहेको भन्दै घटनाका बारे यस्तो लेखेको छ ।
यस्तो छ बुद्ध एयरले सार्वजनिक गरेको ७ कारण
१ -काठमाण्डौंबाट नेपालगन्जका लागि विमान १६ : ५० बजे उड्नुपर्नेमा काठमाण्डौंबाटै २३ मिनेट ढिला भई १७ :१३ मा उडेको थियो । र विमान नेपालगन्जमा १८ः०२ मा अवतरण गरेको थियो ।
२-काठमाण्डौंबाट बुद्ध एयर Buddha Air Flight Operation ले नेपालगन्जलाई दिएको Revised Time अनुसार नेपालगन्जबाट विमान १८ : २५ को सट्टा १८ : ४० मा उड्नुपर्ने थियो ।
३- बुद्ध एयरसँगै यती एयरलाईन्सको १७ः५३ मा अवतरण गरेर १८ : २१ मा उडेको र श्री एयरलाईन्सको विमान १८ : ३० मा अवतरण गरेर १८ : ५१ मा उडेपछि हाम्रा यात्रुहरु विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए । सोहि समयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत् फोन गरेर हामी धम्बोजी आइपुग्यौं भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यू आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरुलाई १८ : ३० तिर विमानमा बोर्डीङ्ग गर्नुभएको थियो तर, त्यसो नभई वहाँहरुले फोनमा जानकारी गराए भन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो ।
४- माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरुकै अगाडि १४–१५ जना यात्रुहरुको समुह हाम्रा विमान परिचारिकाहरुले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोशित भई विमानबाट १८ : ४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरुसँग बादविवाद गर्न थाल्नु भएको थियो । सो विवाद ६–८ मिनेट जति चलेको थियो ।
५-मन्त्रीज्यू १८ : ५० मा एयरर्पोट पुग्ना साथ बाहिरका उत्तेजित समुह वहातिरै फर्केर तपाई किन ढिला आउनु भएको, तपाईले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनि अझ आक्रोशित हुन थालेपछि मन्त्रीज्यू चुपचाप विमानभित्र चढ्नु भयो र सो समुह मन्त्रीज्यूसँगै विमान भित्रै एकैचोटी चढेर एक ठाउँमा उभिएर ४–५ मिनेट सम्म अझ बढी आक्रोश पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समुहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको थियो ।
६- नेपाल गन्जलाई दिएको Revised Time अनुसार नेपालगन्ज्बाट २४ मिनेट ढिला भई १९ ः४ मा विमान उडेको थियो ।
७ -उल्लेखित घटनामा माननीय मन्त्रीज्यूका सुरक्षाकर्मी र सहयोगीहरुले देखाएको संयमताका कारण आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो ।


वि.सं.२०७६ भदौ ३१ मंगलवार १०:५० मा प्रकाशित






























