back
CTIZAN AD

को हुन् अल्वर्ट किन पसे नेकपामा ?

वि.सं.२०७६ असोज २ बिहीवार

1.1K 

shares

२ असोज, पर्वत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को केन्द्रीय कार्यालयमा पुगेर महासचिव विष्णु पौडेलको उपस्थितिमा पार्टी प्रवेश गर्ने अल्वर्ट बारे पर्वतवासीहरुले सोधखोज गरिरहेका छन् ।

एकिकृत जनक्रान्ति लाइनले क्रान्तिको बाँकी काम पूरा गर्छ भन्ने सैद्यान्तिक मान्यतालाई समर्थन गर्दै पर्वतबाट रुपन्देही पुगेर सामाजिक छवि बनाएका रामकृष्ण शर्माले बुधबार विहानै (पर्वतमा भूइँचालो जाँदै) भनेर अल्वर्टको नयाँ यात्राका बारेमा संकेत गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज गुप्त बहादुर हमाल, पर्वत जिल्ला अध्यक्ष पदम गिरी, सचिव सुदीप कुँवर र अन्य केही जिल्ला नेताहरुको साथ र समर्थन सहित नेकपाको मुख्यालय धुम्बाराहीमा पुगेका अल्वर्ट सहित अर्का कार्यकर्ता धनन्जय मल्ल पनि नेकपामा प्रवेश गरेका थिए ।

जिज्ञासु, सरल र जनमैत्री स्वभावका अल्वर्टको वास्तविक नाम भने भीम बहादुर हमाल हो । जैमीनी नगरपालिका ७ बाग्लुङमा जन्मेका अल्वर्ट केही समयदेखि विप्लव नेकपाको पर्वत जिल्ला सेक्रेटरी रहेका थिए । पार्टीभित्रको नीति र कार्यशैलीका विषयमा भीन्न मत राख्दै आएका थिए अल्वर्टले । २०४४ असारमा जन्मेका अल्वर्ट २०५७ को अन्तीमबाट पूर्णकालिन हुँदै आन्दोलनमा लागेका थिए ।

विद्यार्थी, वाइसीएल हुँदै पार्टीको विभिन्न जिम्मेवारी निर्वाह गरेका अल्वर्ट बारे नेकपाका नेता जयनारायण तिवारी भन्छन् –‘अल्वर्ट विचार, व्यवहार र योजनामा समेत अव्वल युवा हुन् र संभावना बोकेका व्यक्ति हुन् ।’

नेकपा प्रवेशबारे गरिएको एक जिज्ञासामा अल्वर्ट भन्छन्, –‘नेपाली क्रान्तिको बाँकी काम पूरा गर्न कामरेड विप्लवको एकिकृत जनक्रान्ति लाइनमा दृढ हुँदै काम गर्ने सन्दर्भमा यान्त्रिकता, जड्ता र कतिपय फाँसीवादी अनुभुति समेत हुनपुग्यो । त्यो पार्टीको रुपान्तरणका लागि छलफल चलाउन पनि खोजियो, तर त्यस्तो संभावना नरहेपछि नेकपामा प्रवेश गरिएको हो’ नयाँ जिम्मेवारी सम्बन्धी जिज्ञासामा संसारन्युजसँग उनी भन्छन् ‘नेपाल कम्युनिष्ट पार्टीको सदस्यको हैसियतले सक्रियतापूर्वक काम गर्ने हो । कहाँ कसरी जिम्मा आउला, त्यो बारे निर्णय भएको छैन तर केही समय म पर्वतमा नै सक्रिय रहने सोँच बनाएको छु ।’

अल्वर्टको पार्टी प्रवेश बारे नेकपा जिल्ला सचिव सुदीप कुँवर भन्छन्, ‘उहाँको राजनैतिक बुझाईको सम्मान गर्दै उचित जिम्मेवारी दिने कुरा पक्का हुन्छ । उहाँसहितका अन्य कामरेडहरुको व्यवस्थापनका बारेमा पनि हामी छलफल गर्दैछौं । ’

वि.सं.२०७६ असोज २ बिहीवार ०८:५३ मा प्रकाशित

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...