back
CTIZAN AD

पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ

वि.सं.२०७६ असोज २ बिहीवार

828 

shares

२ असोज, पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लाग्नु भएको छ ।
संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उनि दुई दिनको भ्रमणका क्रम साउदी अरेबिया पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ
साउदी भ्रमणको क्रममा प्रधानमन्त्रीले साउदी नेतासँग भारतीय नियन्त्रित काश्मिरको “गम्भीर अवस्था“ को विभिन्न विषयमा छलफल गर्नु हुनेछ । उनले काश्मिरको विशेष स्थिति खारेज गर्ने भारत सरकारको गत महिना निर्णयपछिको अवस्थाको विषयमा छलफल गर्नुहुने बताइएको छ ।
प्रधानमन्त्री खानले काश्मिरको मुद्दामा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग नियमित सम्पर्कमा रहेको कुरा प्रधान मन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
प्रधानमन्त्रीको भ्रमणको क्रममा दुबै पक्षले आर्थिक साझेदारीलाई थप सुदृढ पार्ने तरिकाहरूमा पनि छलफल गर्नु हुने अनुमान गरिएको छ ।
साउदी राजकुमारले सन् २०१९ फेबु्रअरीमा पाकिस्तानको भ्रमण गरेका थिए । पाकिस्तान र साउदी अरेबिया सम्बन्धमा बढ्दो गति बढदै गएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । (सिन्ह्वा)

वि.सं.२०७६ असोज २ बिहीवार १५:२३ मा प्रकाशित

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...