back
CTIZAN AD

आकासियो तरकारीको भाउ, सातामै बढ्यो २०९ प्रतिशत

वि.सं.२०७६ असोज ३ शुक्रवार

879 

shares

३ असोज, काठमाण्डौं । काठमाण्डौंको बजारमा एक सातामै तरकारीको भाउ आकासिएको छ ।

चाड पर्वका बेला तरकारी भाउ यसरी आकासिँदा उपभोक्ता र किसान झन मारमा परेका छन् भने बिचौलिया भने अत्यधिक फाइदामा रहेका छन् ।

कति बढ्यो त मूल्य एकसातामा ?
हरियो धनिया प्रतिकेजी २७०, हरियो प्याज प्रतिकेजी १७०, हरियो खुर्सानी प्रतिकेजी ८०, भेडे खुर्सानी प्रतिकेजी ६० रुपैयाँ, घिउसीमी प्रतिकेजी ५०, बोडी प्रतिकेजी ४०, करेला प्रतिकेजी ४०, चिचिन्डो प्रतिकेजी ४०, सुकेको प्याज प्रतिकेजी ३२, काउली प्रतिकेजी ३०, घिरौंला प्रतिकेजी ३०, हरियो फर्सी प्रतिकेजी ३०, लौका प्रतिकेजी ३०, भिन्डी प्रतिकेजी २०, भान्डा प्रतिकेजी २०, परवल प्रतिकेजी २०, रातो आलु प्रतिकेजी १०, स्कुस प्रतिकेजी १० रुपैयाँले बढेको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

उक्त मूल्य व्यापारीबाट उपभोक्ताको घर–घर सम्म पुग्दा ५–१० रुपैयाँ प्रतिकिलोमा अझ बढ्ने बताइएको छ ।

त्यसैगरी खसीको मासु प्रतिकेजी २०० रुपैयाँ बढेको छ । अधिकतम ११ सय रुपैयाँ रहेको खसीको मासुको भाउ अहिले १३ सय रुपैयाँ केजीमा कारोबार भइरहेको छ । चामल बोरामा ५० रुपैयाँ र बदाम पेस्ता प्रतिकेजी १०० रुपैयाँ र सुकमेल प्रतिकिलो २३ सय रुपैया वृदि भएको खुद्रा व्यापार महासंघका महासचिव अमुलकाजी तुलाधरले बताएका छन् ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०८:०६ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...