back
CTIZAN AD

को हो त्यो व्यक्ति जसलाई नेपालबाट अमेरिका लैजान जहाजै चार्टर गरियो ?

वि.सं.२०७६ असोज ३ शुक्रवार

882 

shares

३ असोज, काठमाण्डौ । नेपालमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता भएको छ ।

चालक दलका सदस्यबाहेक युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी नेपाल आएका थिए । अमेरिकी दूतावास स्रोतका अनुसार नाथनलाई लैजान करिब एक लाख डलर खर्च भएको छ । अमेरिकामा आफ्नै प्रेमिकाकी नाबालिका छोरीमाथि यौन दुव्र्यवहार गरेर नाथन फरार भएका थिए । नाथनलाई गत १८ भदौमा प्रहरीको विशेष ब्युरोले ठमेलबाट पक्राउ गरेको थियो । अध्यागमन विभागले १४ दिन थुनामा राखी उनलाई निष्कासनको निर्णय गरेको थियो । उनलाई नेपालस्थित अमेरिकी दूतावासको पहलमा नियमित उडानबाट अमेरिका लैजाने तयारी भएको थियो ।

नाथनलाई लैजान युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी एक साताअघि काठमाडौं आइसकेका थिए । तर, २७ भदौमा कोरियन एयरको जहाज चढिसकेपछि नाथनले आत्महत्या गर्ने धम्की दिए । त्यसपछि सुरक्षाको कारण देखाएर एयरलायन्सले उनलाई लैजान मानेन । त्यसपछि अमेरिकी सरकारले उनलाई लैजान फ्लाइटवर्कस् कम्पनीको भिरएन११जिडब्लू प्लेन चार्टर्ड गरेको हो ।

बिहीबार नाथनलाई अध्यागमन विभागबाट खटिएका प्रहरीले विमानकै र्भयाङमा र्पुयाएर अमेरिकी मार्सल टोलीलाई बुझाएको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
नाथनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेकाले पक्राउ गरेर अध्यागमन कानुनअनुसार कारबाही गरी नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०८:२१ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...