३ असोज, गाउँगाउँमा अधिकारसम्पन्न ‘सिहँदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय जनप्रतिनिधि विकास निमार्णमा कम्मर कसेर लगेको बताउँछन् । विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ । भौतिक पुर्वाधार धमाधम निमार्ण हुन थालेको छ । तर गाउँलेले गाउँमा भविष्य देखेको छैनन् । बसाइँ जाने क्रम तीव्र छ ।
वैशाख ४ गते ऐरावती गाउँपालिका–६ सेगीथुम प्युठानकी वसन्ता खनाल कंपिलवस्तु झरिन् । उनका दाजुभाइ कोही लमही र कोही कपिलबस्तुमा छन् । उनले भनिन्, ‘गाउँमा बँदेलले खेतीपाति भित्रयाउने दिँदैन । सोचेजस्तो विकास पनि भएन । उनी सासु र तीन छोराछोरीसहित मधेस झरेकी हुन् । पति भारतमा छन् । ३७ वषीर्य खनाल भन्छिन्, ‘परिआउँदा गाउँमा दाजुभाइ पनि छैनन् । बाध्यताले छाड्नुपर्यो ।’ सोही वडाबाट २० घरधुरीका ७७ जनाले गाउँ छाडेको वडाध्यक्ष चन्द्रबाहादुर रानाले बताए । गाउँमा खाने पानिको सुविधा पुर्याउन थालिएको उनी बताउँछन । ‘विकासले बिस्तारै लिँदै छ,’ उनी भन्छन्, ‘धेरै व्यक्तिमा पैसा कमाउनेबित्तिकै सहर जानुपर्छ भन्ने धारणा छ । शुत्रबार अन्नपुर्ण दैनिकबाट ।
वि.सं.२०७६ असोज ३ शुक्रवार ०८:४४ मा प्रकाशित



























