back
CTIZAN AD

कस्तुप भन्छन्–‘सबै पर्वतेलीलाई चुलो निम्तो छ’

वि.सं.२०७६ असोज ३ शुक्रवार

1.2K 

shares

३ असोज, काठमाण्डौं । कस्तुप पन्त, जन्म घर मात्र पर्वत होइन, कर्मघर पनि पर्वत नै बनाउने हो भन्छन् । त्यसो त उनी अहिले पर्वत कलाकार समाजको अध्यक्ष पनि रहेका छन् ।

‘के भनौ र खोइ’, ‘देउरालीमा धजा’, ‘बिर्सियौं कि कुन्नी !’, ‘गंगाजीको पानी’, ‘मधु वनैमा’, ‘फूलको थुँगैमा’, ‘मायाले मन छुन्छ’, ‘अंगुर अमिलो’ लगायतका चर्चित गीत–संगीतका श्रष्टा हुन् पन्त । नेपाली लोकभाका मात्र होइन उनले ‘मेरो मनको ढुकढुकी र सारथी १ देखि ५ सम्म’ लगायतका आधुनीक गीत संगीतबाट पनि श्रोताको मन जितेका छन् ।

आफ्नो व्यवसायिक काम बाहेक सामाजिक काममा पनि उत्तिकै चासो र ध्यान दिने कस्तुप यतिबेला ‘पर्वत संगीत साँझ २०७६’ को आयोजनामा व्यस्त छन् । पर्वतबाट राष्ट्रिय पहिचान बनाइसकेका पन्त बाहेक विमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, यम क्षेत्री, कृष्ण समिप सुवेदी, प्रल्हाद सुवेदी, कुमार केसी, अमृत क्षेत्री र युवराज भुसाल लगायत राष्ट्रकै विशिष्ठ कलाकारहरुको कला र प्रतिभा सुन्न र देख्न पाउने गरी पर्वत कलाकार समाजले भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी असोज १६ गते विहिबार साँझ हुने सो कार्यक्रममा संगीतको ‘रंग र तरंग बाहेक अरु केही नहुने’ प्रतिबद्धता व्यक्त गर्दै पन्तले संसारन्युजसँग भने, ‘हाम्रो समाज कला र संस्कृतिको साझा मंच भएको स्वदेश तथा विदेशमा बस्ने सबै पर्वतेली र नेपालीको साथ पाउनेमा विश्वस्त छौं ।’

राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनाको प्रमुख आतिथ्यतामा आयोजना हुने सो कार्यक्रममा गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारी, संघीय सासंद पदम गिरी, प्रदेशमन्त्री विकास लम्साल, जिल्ला समन्वय समिति पर्वतका पदाधिकारी, स्थानीय तहका प्रमुख–उपप्रमुख, काठमाण्डौंमा रहेका पर्वतेली संघ संस्थाका जिम्मेवार प्रतिनिधि, उच्च कर्मचारी वर्ग, प्राध्यापक, शिक्षक, बुद्धिजीवी, विद्यार्थी र मजदुरहरुको उपस्थिति हुने अपेक्षा आयोजकले राखेका छन् ।

त्यसबाहेक एनआरएनए अभियानमा आउने ‘पर्वतेली मित्रहरुको महत्वपूर्ण उपस्थिति’ हुने अनुमान गर्दै अध्यक्ष पन्तले कार्यक्रमको प्रायोजन तथा सहयोगका लागि समेत पर्वतवासीसँग अनुरोध गरेका छन् ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०८:४८ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...