back
CTIZAN AD

बाँके घटनाको प्रतिकार नगरे देशभर कांग्रेसमाथी आक्रमण हुनसक्छ –नेता शाह

वि.सं.२०७६ असोज ३ शुक्रवार

714 

shares

३ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले कांग्रेसमा कार्यकर्ता बिनाको नेता बन्ने दिन आउने तिर संकेत गर्दै त्यतातिर ध्यान दिन पार्टीका नेताहरूलाई आग्रह गरेका छन।

सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले नेपाल तरुण दल नेपालगन्जका नगर अध्यक्ष सन्दीप जंग शाह,तरुण नेताहरु घमण्ड खडका र अमर रोकायलाई आततायीहरूले खकुरी प्रहार गरी गंभीर घाईते बनाएको घटना प्रति घोर भ्रत्सना गर्दै शाहले यी घटनामा संलग्न नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गरी कानुनी कार्वाही गर्न माग गरेका छन। बाँकेमा तरुण नेताहरू माथिको आक्रमण राज्य आतंक भएको शाहले जिकिर गरे। नेपाल तरुण दलका नेताहरु माथी भएको आक्रमणको जवाफ फर्काउने चेतावनीसमेत शाहले दिएका छन।

उनले बाँकेमा भएका घटनाहरु कुनै निश्चित ब्यक्ति वा जिल्ला लक्षित नभएर यो प्रतिपक्षी र विरोधीहरूलाई दमन गरी समग्र राज्य सत्ता कब्जा गर्ने उद्देश्यले सरकारद्वारा निर्देशित एउटा संरक्षित घटना भएको पनि बताए।

सरकारद्वारा निर्देशित यी योजनाबद्ध घटनाको प्रतिकार गर्न सर्बप्रथम आपसी मेलमिलाप र सहकार्यको आवश्यकता हुनु पर्ने भन्दै शाहले त्यसकालागी गुटगत जन्जिरबाट मुक्त भएर संगठनलाई शसक्त र गतिशील तरीक़ाले निर्माण र परिचालनमा केन्द्रित हुन पार्टीका नेताहरू सुझाव दिएका छन। उनले यो जटिल अवस्थामा आपसी मतभेदको अन्त्य गर्दै पार्टीमा हार्दिकताका साथ सहमतिमा पार्टीको सम्पूर्ण अंगलाई सशक्त तरीकाले संगठन निर्माण र परिचालन गर्ने दिशामा कांग्रेस लाग्नुपर्नेमा जोड दिए।

नेता शाहले खाली रहेको नेपाल बिध्यार्थी संघको केन्द्रीय समिति तत्काल गठन गर्न, बिस्तार हुन बाकी रहेका नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघको केन्द्रीय समिति तत्काल विस्तार गर्न पनि अनुरोध गरेका छन। शाहले नेपाली कांग्रेसका दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूलाई पनि विशेष निबेदन गर्दै आफ्नो गुटगत र व्यक्तिगत स्वार्थका लागी संगठनलाई बन्धक बनाऊने कुराको कारक र सहयोगी नबन्न पनि आव्हान गरेका छन। उनले आफनै कारणले आफनै आँखा अगाडि पार्टी र लोकतान्त्रिक प्रणाली समाप्त भएर असहाय हुने अवस्था सृजना नहोस भन्दै पार्टीका सम्मानित नेताहरूलाई त्यतातिर ध्यान दिन पनि विनम्र अनुरोध गरेका छन।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०९:०९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...