back
CTIZAN AD

जनताको अवस्था बदल्न चुनौती- मुख्यमन्त्री पौडेल

वि.सं.२०७६ असोज ३ शुक्रवार

690 

shares

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था बदल्न चुनौती रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित समारोहमा उनले भने, “आम नेपाली जनताको आर्थिक अवस्थामा सुधार ल्याएर प्रदेशको समृद्धि गर्नु सरकारको मुख्य चुनौती हो ।”

मुख्यमन्त्री पौडेलले मुलुकमा सङ्घीयताको नयाँ प्रयोग गरी विकासको प्रवाह अघि बढेको भन्दै अधिकारको विकेन्द्रीकरण गरी जनस्तरमा शासन सत्ताको अनुभूति पु¥याइएको दाबी गरे ।

उनले भने, “संविधान दिवसमा सबै नेपालीहरुमा संविधानप्रतिको आस्था र सम्मान अभिवृद्धि गर्न थप प्रेरणा मिलोस ।”

मुख्यमन्त्री पौडेलले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको उल्लेख गर्दै आर्थिक समानता, समृद्धि र समतामूलक समाज निर्माण गर्ने सङ्कल्पका साथ प्रदेश सरकार अगाडि बढेको बताए ।

यसअघि विभिन्न जातीय पहिचान झल्काउने झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सहभागी थिए । हेटौँडा–४ मा रहेको भुटनदेवी स्कूलको प्राङ्गणबाट शुरु भएको ¥याली स्कूलरोड, बुद्धचोक, नगरपालिका रोड हुँदै मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

संविधान दिवस समारोह मूल आयोजक समितिका अध्यक्ष तथा मुख्यमन्त्री पौडेलको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, समाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँलगायत मन्त्री तथा प्रदेशसभा सदस्यहरुको सहभागिता थियो ।

वि.सं.२०७६ असोज ३ शुक्रवार १५:३९ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...