back
CTIZAN AD

संसारकै अग्लो भवन वुर्ज खलिफामा नेपाली झण्डा लहराउने

वि.सं.२०७६ असोज ३ शुक्रवार

864 

shares

३ असोज, युएई । संसारकै अग्लो भवन युएईको वुर्ज खलिफामा नेपाली झण्डा फहराउने भएको छ ।

नेपालको पाँचौ संविधान दिवसको अवसरमा संसारकै अग्लो टावर युएईको बुर्ज खलिफामा नेपालको झण्डा फहराइने नेपाली राजदूतावास युएईले जनाएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समय अनुसार आज साँझ ९ :१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो भवन Burj Khalifa   मा पहिलोपटक झलमलाउँदै Light Up   गरिदैं ।’ नेपाली दूतावास युएईले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएको छ ।

लामो समयको प्रयास र मेहनतले युएई सरकारले ब्रुज खलिफामा १ मिनेटका लागि झण्डा पहराउन लागेको हो,’ नेपाली राजदूत कृष्ण प्रसाद ढकालले जानकारी दिएका छन् ।

नेपाली झण्डा फहराइने खबर आजै मात्र थाहा पाएका धेरै नेपालीहरु झण्डा फहराइने समय बुर्ज खालिफामा पुगेर खुशी मनाउने तयारी गरेका छन् । आज शुक्रबार स्थानीय सार्वजनिक बिदा भएकोले पनि धेरै नेपाली त्यहाँ पुग्ने अनुमान गरिएको छ ।

वि.सं.२०७६ असोज ३ शुक्रवार १७:४७ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...