back
CTIZAN AD

नेकपाले दिलायो पीडितलाई न्याय

वि.सं.२०७६ असोज ५ आइतवार

684 

shares

५ असोज, कपिलवस्तु । नेकपा कपिलवस्तुले मध्यस्थता गरी पार्टीका जिल्ला नेता विश्व कार्की कारण आर्थिकरुपमा पीडितलाई न्याय दिलाएको छ ।

पीडितले एकमुष्ट आफूले पाउनुपर्ने रु ३८ लाख पाएका हुन् । न्याय पाउनेमा गुल्मी मालिकाका ताराबहादुर थापा, बाग्लुङ बडीगाउँका पूर्णबहादुर विकसहित १२ जना छन् ।

रोजगारी पाउने आशामा एमालेका जिल्ला नेता कार्कीलाई पीडितले जनही रु दुई लाख ६० हजारदेखि रु चार लाख ५० हजारसम्म उनीहरूले बुझाएका थिए । पीडितले कार्कीलाई जम्मा रु ४५ लाख बुझाए काम नभएको र रकम पनि फिर्ता नभएको भन्दै नेकपा कपिलवस्तु पार्टी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा आर्थिक विवादमा परेका कार्कीलाई बाणगङ्गा नगरकमिटीको अध्यक्षबाट छ महीनाका लागि निलम्वन गरेको थियो । निदेवनपछि सम्पर्कविहीन कार्की पार्टीको सम्पर्कमा आएर पीडितको रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएकाले उहाँकै निवासमा पीडितलाई बोलाइ जिल्ला पार्टी कार्यालयले उनीहरुको रु ३८ लाख फिर्ता गराएको पार्टी अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए ।
दुवै पक्षलाई राखेर छलफल गर्दा रु ३८ लाख कार्कीले लिएको र बाँकी रु सात लाख रकम पीडितबाट कार्कीलाई सम्पर्क गराउने मध्यस्तकर्ताले लिएको तथ्य खुलेको थियो । पार्टी अध्यक्ष पोख्रेलका सामु कार्की परिवारले पीडितबाट विश्वले लिएको रकम फिर्ता गरेका थिए ।

कार्कीले लिएको सम्पूर्ण रकम फिर्ता गर्दै आफूले पीडितलाई ठग्न नखोजेको तर सम्पूर्ण सम्पत्ति बैंक धितोमा रोक्का रहेकाले बेचबिखन गरी समयमै कारोवार मिलान गर्न चुकेको भन्दै पीडित र पार्टी नेतासमक्ष आत्मालोचना गरेका थिए । (रासस)

वि.सं.२०७६ असोज ५ आइतवार १६:४८ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...