back
CTIZAN AD

एभोकाडोको खेती किन उपयुक्त ?

वि.सं.२०७६ असोज ७ मंगलवार

2K 

shares

परिचय :

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।

नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ।संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्।पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ। नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल)सम्म फल्न सक्छ।

खेति प्रविधिः

समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ । माटोको पी एच 5.5 देखि 6.5 भएको ठाउमा राम्रो हुन्छ |  3 ft लम्बाई 3 ft चौडाईको खाडल खन्नु पर्छ | १: १ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ | बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ | रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ , बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ , बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ | रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ |बिरुवा रोपेको ३ देखि ५ बर्षमा फल फल्ने गर्छ | फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ | श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र- असोज हो |

एभोकाडोको बजार :

एभोकाडो बिदेशमा प्रती केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म गुण्स्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्छ !

एभोकाडो खानुका फाइदा :

अत्याधिक पोषक तत्वयुक्त
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ ।

उच्च रक्तचापलाई कम गराउँछ
पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

फाइबरको अधिक मात्राले तौल नियन्त्रण
फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

क्यान्सरबाट बचाउँछ
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ ।

तौल घटाउन प्रभावकारी
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ ।

पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ । एक दिनमा एउटा एभोकाडो खानेगरेमा कोलेस्ट्रोल आपसेआप हराएर जान्छ ।

वि.सं.२०७६ असोज ७ मंगलवार ०९:०३ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...