back
CTIZAN AD

पुनर्जागृत हुदैछ संस्कृत भाषा

वि.सं.२०७६ असोज ७ मंगलवार

1K 

shares

संस्कृत हजारौं वर्षदेखिको जिवन्त भाषा हो र हजारौं वर्ष जिवन्त रहिरहने छ । यस्तो कुनै हिन्दूको घर छैन होला जहाँ पुजा, पाठ, कर्मकाण्ड, विवाह, वर्तब्रन्ध, रूद्री, सत्यनारायण पूजा, मृत्युसंस्कार, न्वारान, अन्नप्रासन्न नहुदो होस् । यी सबै काम संस्कृत भाषा मैं गरिन्छ, पुरोहितले संस्कृत भट्याएको कसैले बुझून् कि नबुझून् ।

त्यसमाथि अहिले झन्–झन् संस्कृत र सनातन हिन्दू संस्कृतिको विश्वभरि पुनर्जागरण हुदैछ, विश्वमा डेढ अर्ब हिन्दू मान्ने जनता छन् । विश्वभरि हिन्दू संस्कृति विभिन्न पन्थहरूका हरेक ठूलासाना सहरहरूमा फाउन्डेसन र आश्रम स्थापित हुदैछन् र छन् । योगको माध्यमबाट संस्कृतको अध्यात्म पक्षले तहल्का पिट्दैछ । २१ जुनलाई विश्व योग दिवस मनाउँने युएनले घोषणा गरिसकेकै छ । नेपालका मूर्ख कथित विद्वानहरू निदाउँदैमा संस्कृतलाई केही फरक पर्दैन । तर हालका वर्षमा सचेत नेपालीहरू पनि आफ्नो सांस्कृतिक बुद्धिमत्ताको जगेर्ना गर्न संस्कृतको पुनर्जागरणमा लाग्न थालेका छन् ।

नेपाल अध्यात्म र धार्मिक पर्यटनको केन्द्र बन्ने संभावना बढ्दैछ । विश्वमा कम्प्युटरको भाषा अब संस्कृत बन्दैछ । पुरातत्वको खोज संस्कृत भाषाको ज्ञान बिना संभव हुदैन र संभव छैन । संस्कृत अनपढहरूलाई नेपालमा कुनै रोजगारी नपाउने दिन आगामी दशकमै आउन सक्छ । नेपाली र भारतीयहरूका निम्ति संस्कृत बाहिरी र भित्री जीवन र जीवनबृत्तिका निम्ति अपरिहार्य बन्दैछ ।

नेपालमा संस्कृत भाषा, साहित्यको ज्ञान, ईतिहास, बिज्ञान, कला, ईन्जिनियरिङ्ग, सभ्यता, अध्यात्म, धर्म, हजारौं वर्ष देखिको निरन्तर सनातन संस्कार, संस्कृतिको महिमा र यसका प्रभावका कारण हाम्रो सोच र व्यवहारमा गढेको छाप बारे ज्ञान नभएकाहरूले नेपालमा के के न गर्छु भन्दैमा गर्न सक्दैनन् । किनभने नेपालीलाई आत्मैबाट सकारात्मक ढंगमा उत्प्रेरित गर्न, जुरूक्क उचाल्न, गोलवन्द गर्नका निम्ति कसैको विरोध वा कुनै राजनीतिक दर्शक बोकेर सकिन्न भन्ने कुरा विगत ७ दशकको असफल राजनीतिक नाराका अनुभवले प्रमाणित गरिसकेको छ । मन र आत्मालाई जे कुराले हल्लाउन र हौसाउन सक्छ, त्यही माध्यमबाट मात्र मुलुकको समृद्धि संभव छ ।

यो मुलुकको कुनाकाप्चा जति घुमे पनि, जति वटा किताव पढे पनि, जति वटा डिग्री लिए पनि यदि उसले गंभीर भएर रामायण र महाभारत राम्ररी पढेको छैन भने उसले नेपालीको गहन मनस्थिति तथा संस्कार, व्यवहार वा सोच प्रणालीलाई बुझेकै हुदैन । संस्कार र संस्कृति सबै नेपालीको रक्त कण–कणमा स्वत : विद्यमान छ । सुनेकै भरमा त यस्तो छ भने औपचारिक अध्ययन र पठनपाठन गर्ने हो भने यो मुलुक कति शान्त सुखी खुशी रहने थियो र होला ! अपराधहरू स्वत : घट्ने छन्, पुलिस प्रशासनको खासै धेरै जरूरत पनि पर्ने छैन ।

 उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

मुलुकको जरो समस्यामाथि टोटल वार

वि.सं.२०७६ असोज ७ मंगलवार ०९:२६ मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...