back
CTIZAN AD

मुलुकको जरो समस्यामाथि टोटल वार

वि.सं.२०७६ असोज ४ शनिवार

906 

shares

अनैतिक, असभ्य, अराजनीतिक, अराजक, अनुशासनहिन नेता र तिनका वरिपरि दिग्भ्रमित भएर पछ्याएका मान्छेहरूको अधोगतिमा संघीयताको कुनै गोरू बेचेको साईनो पनि हुदैन । मतिभ्रष्ट आफै समस्या हुन्छन् । जब कोही आफै समस्या बन्छ, समस्या सल्टिन्न, उ आफ्नै लागि जटिल बन्छ र आफै डिप्रेशनमा पुगेर यो जुनि पीडादायी बनाउछ । सहदेशवासीले तिनको विरोधगर्ने वा खेद्ने हैन, तिनका निम्ति मति फिरोस् भन्दै प्रार्थना गर्नुपर्छ । तिनको यस्तो नारकीय जीवनप्रति दया र सहानुभुति दर्शाउनुपर्छ । ताकि, अलिकति भएपनि तिनका मनमा ढाडस सिर्जना हुन सकोस्, तिनको यो जुनि अलि कम पीडादायी हुन सकोस् ।

नेपालमा स्थायी सरकार भन्ने छैन । यहॉ राजनीतिक र प्रशासनिक दुबै अस्थायी सरकार नै छन् । जेनतेन प्रशासन धानिएको छ । जनता जनताबीच समाजमा एकआपसमा विद्यमान सद्भाव तथा सहकार्यका कारण सरकार जे जस्तो भए पनि समाज सुचारू र व्यवस्थित छ । सरकारको कुनै प्रभावकारी उपस्थिति बिना पनि मुलुक मजाले चल्छ भन्ने ज्वलन्त उदाहरण नेपाल हो ।

यहॉ राजनीतिक सरकारको औषत आयु ९ महिनाको हुदै आएको छ भने स्थायी सरकार भनिने प्रशासनिक सरकार प्रमूख सचिवहरू वा महानिर्देकहरूको एक मन्त्रालय वा विभागको औषत कार्यकाल ६ महिना मात्र रहने गरेको छ । स्थायीत्व भनेको प्रशासनिक होस् वा राजनीतिक त्यसले आफ्नो पूर्णकार्यकाल बिताउन पाउनु भनिएको हो । यसैले यहॉ सबै नै अस्थायी छन् । तसर्थ, बिकास, सेवा तथा सरकारी नीति पनि स्वत ः अस्थायी हुने गरेको हो ।

यही बुझ्दै यस मुलुकमा अस्थायीत्व बीच प्रभावकारी कार्य सम्पादन गर्न सक्र्ने पदाधिकारी मात्र सक्षम र सफल हुन् । यो परिस्थिति यहॉ छ भन्ने सबैलाई ज्ञात नै भएको हुन्छ । यस्तो परिवेशबीच मलाई काम गर्नै दिएनन्, कामगर्न समय नै पाईएन भन्नेहरू खासमा निकम्मा र अयोग्य नै हुन् ।

उमेरमा भक्ष अभक्ष जथाभावी तामसी भोजन हसुर्ने, पछि आएर अधबैसे वा बूढेस कालमा रोगले च्याप्यो भन्दै अरूलाई सराप्नेहरूलाई के भन्नु र खै ! यो मुलुकका जिम्मेवारहरूले विगत ३ दशक देखि खानु सम्म अभक्ष खाएका हुन् । अहिले सबै अंगलाई रोगले च्यापेको मात्र हो ।
जैसा करनी वैसा भरनी !

नेपालको सबैभन्दा प्रिय, कहिले बिरोध नभएको, ठूलो, गौरव गर्नलायक, देशबासी सबैले वाहवाह गर्ने कुनै परियोजना कार्यान्वयन भएको तपाईलाई याद छ ?
पारदर्शिता र राम्रो पेशागत तुलनात्मक भ्यालु ईन्जिनियरिंग गरी, अध्ययन गरी विकल्पहरू मध्येबाट सबै भन्दा उत्तम विकल्प चयन गरिएको भनेर सरकारले आत्मविश्वास र चुनौति दिन सक्ने गरी किन कहिले आयोजनाबारे प्रस्तुत हुने ऑट गर्दैन ? किन हरघडि जुन योजना पनि बिवादित हुन पुग्छ ?

सबैले बुझेका छन्, मुलुक ठूल्ठूला परियोजनाहरूबिना ठूलो रोजगारी दिन र आर्थिक फड्को मार्नै सक्दैन । तर जहिले पनि ठूला आयोजनाहरूमा अनेक खोट देखाई बिरोध गर्न उफ्रनुपर्ने वा उफ्रने रोग लाग्नुको पछाडी के कारण होला ? नेपाली बौद्धिकवर्ग र सरकार संचालकबीच सधैं यस्ता द्वन्दहरूले किन स्थायी रूपलिदै आएको होला ?

मुलुकमा जुन क्षेत्र हेर्यो त्यही मक्किएको वा भत्किएको जस्तो अस्तव्यस्त छ । ल न त यो एक क्षेत्र छ नि भनी चित्त बुझाउला भन्दै खोज्न पहाड खन्यो, पाउने मुसो हैन । यस्तो अवस्थामा कुन क्षेत्रमा कहॉ हात हाल्नु, कसरी कहॉबाट सुरू गर्नु भन्ने अमन्जस अवस्था महसुस हुदो रहेछ । यस्तो देखेपछि जता हेर्यो त्यतै हात हाल्न मन लाग्दो रहेछ। अरूले गर्लान् कि भनेर उपदेश दिन पनि बेकार छ , किनभने जबसम्म आफूले केही गरिदैन अरूले गर्लान् भन्ने आश गर्नु फजुल हो । प्रशासन, सुरक्षा, पूर्वांधार एवं सामाजिक विकास, सामाजिक सेवा, न्यायसेवा, निजीक्षेत्रका व्यापार उद्योग व्यावसाय, पर्यावरण, वातावरण, खानेपानी, सरसफाई, शान्ति–जता हेर्यो अस्तव्यस्त तथा भताभुङ्ग चाला देखिन्छ । यस्तोमा कोर अर्थात् जरो समस्या पहिल्याउन र टोटल वार गर्न जरूरी छ । बिषका डोमेन समस्या पहिचान गर्न जरूरी छ । राजनीतिले नै हो सबै क्षेत्रलाई समेटेर रूपान्तरणका निम्ति टोटल वार चलाउने, तर यही क्षेत्र झन् झन् किंकर्तब्यबिमूढ, अस्थीर एवं लथालिंग बन्दै जादै छ ।

तसर्थ, भौतिक बिकासका लागि जमिनमाथि राज्यको पूर्ण नियन्त्रण र ल्याण्ड युज प्लानिंग नहुदा सम्म नेपालमा कुनै भौतिक र आध्यात्मिक समुन्नति संभव छैन । न व्यवस्थित सहर न गाउँ, न उद्योग न पूर्वाधार, न रेल न बाध, न सडक न विमानस्थल, न पार्क न जंगल, न विद्यालय न विश्वविद्यालय, न मंदिर न अध्यात्म केन्द्र, न सुरक्षा न समृ्द्धि प्राप्त हुनेछ ।

उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्

नियन्त्रणमा राख्न नसक्ने संस्थानहरु नबनाउ सरकार

वि.सं.२०७६ असोज ४ शनिवार १६:०६ मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...