back
CTIZAN AD

जब बेहुली नै सयौं जन्ती लिएर बेहुलाको घर पुगिन्…

वि.सं.२०७६ असोज ८ बुधवार

1.5K 

shares

८ असोज, ढाका । बंगलादेशमा मुसलमान समुदायमा बैवाहिक परम्परालाई चुनौति दिदैं एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्न ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि यो घटना सामाजिक संजालमा भाइरल बनेको छ ।

यसले परम्पराको नाममा हुने महिला अधिकार हननको विषयमा तिब्र बहस बनाइदिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खाजिदा अख्तर खुसीले सयौं जन्ती लिएर बेहुला तारिकुल इस्लामको धरमा पुगेकी थिइन् । शनिबार सम्पन्न विवाह बंगलादेशको पश्चिमी ग्रामिण जिल्ला मेहरपुरमा भएको हो ।

मुसलमान संस्कार अन्य धर्म भन्दा बढी कट्टर मानिने भए पनि पछिल्लो विवाह उत्सवले विश्वभर चर्चा पाएको छ । खुसीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले स्थापित मान्यतालाई उल्ट्याएको छ । ‘हो, परम्परागत रुपमा यो विवाह असामान्य हो । तर, अन्य दिदी बहिनीले पनि यसलाई व्यवहारमा ल्याउने साहस गुरुन्’ बेहुली खुसीले भनिन् ।

बेहुला इस्लामका अनुसार उनीहरुको यो प्रयोगलाई परिवारले साथ दिएको थियो । एजेन्सीलाई उदृत गर्दै बुधबारको नयाँपत्रिका दैनिकले लेखेको छ ।

वि.सं.२०७६ असोज ८ बुधवार ०८:१४ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...