back
CTIZAN AD

नायक दयाहाङ भन्छन्– फिल्ममा नयाँ कथावस्तु दिन सकेनौं

वि.सं.२०७६ असोज ८ बुधवार

789 

shares

नायक दयाहाङ राइले नेपाली फिल्ममा नयाँ कथावस्तु दिन नसकेको बताएका छन् ।

लुट फिल्मको समयमा आफू कलाकारको रुपमा स्थापित रहेको बताएका दयाहाङले त्यहि समयमा फिल्मको कथा पनि हेर्नुपर्छ भन्ने आफूमा चेतना आएको बताउँछन् । ‘

‘लुट’, ‘कबड्डी’ जस्ता फिल्म समाजमा आएको त्यहि चेतनालाई ध्यानमा राखेर बनाइएका थिए । हामी यस क्षेत्रममा आउनुअघि सम्म दर्शकको मन मष्तिस्कमा फिल्मको मुख्य पात्रबारे एउटा ‘इमेज’ थियो । हामीलाई भने त्यसभन्दा फरक काम गर्नु नै थियो । स्वतन्त्र सोचबाट आएको कथा र पात्रलाई आमदर्शकमा पुर्यायौं । दर्शकले तिनलाई आफू र आफ्नै कथाको रुपमा ग्रहण गरिदिनु भयो ।’

तर, त्यपछि जति कोशिष गर्नुपथ्र्यो, त्यति गरिरहेको महसुस नभएको उनले बुधबारको नयाँपत्रिकासँग बताएका छन् । ‘लुट हिट भएयता त्यस्तै कथावस्तुका धेरै फिल्म बने होलान् । तर, त्यसभन्दा फरक कथावस्तु हामीले दिन सकेको खोइ त ? हाम्रा कथा त्यत्तिमै सिमित त छैनन् होला । त्यसैले हो, मैले ‘करोड क्लव’ लाई अफवाह भनेको । कुनै फिल्मले करोड कमायो भने हामीले पनि त सक्छौं नि भन्ने अन्य निर्माता र निर्देशकलाई लाग्न सक्छ । तर, त फिल्मले आफ्ना कथा र पात्रलाई स्थापित गरेक कि गरेनन् भन्ने महत्वपूर्ण कुरा हो ।’

वि.सं.२०७६ असोज ८ बुधवार ०८:०० मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...