८ असोज, काठमाण्डौं । बाहिर कुनै साइसुइ छैन । तर, बिद्रोहीलाई भनिएको रहेछ, अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि नेपाल बोलाउने कार्यक्रम छ ।
सरकारका तर्फबाट विप्लवकहाँ खबर पुर्याइएको छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनफिङ आउनुअघि र यहाँ बसुन्जेल कुनै घटना नगराए हुन्थ्यो । र त्यहि खबर पुर्याउने अधिकारीले सुनाएका हुन् । पुटिन आउने सम्भावना ।
ड्रोनको डर
विप्लव नेकपाले उपत्यकामा दर्जनौं ड्रोन तयार पारेको र त्यसबाट विभिन्न महत्वपूर्ण ठाउँमा आक्रमण गर्ने सूचना पाएपछि हो, सरकारका तर्फबाट त्यस्तो सजगता अपनाउँदै जेलमा बसेका नेतामार्फत् खबर पुर्याएको बुधबारको जनआस्था साप्ताहिकमा समाचार छ ।
राष्ट्रिय हितसँग जोडिएका कुनै पनि विषयमाथि हस्तक्षेप नगर्ने पार्टीको नीति भएका कारण विदेशी पाहुनाको भ्रमण विथोल्ने वा नकरात्मक सन्देश जाने कुरामा अग्रसर हुने नीति नभएको कुरा नख्खु कारागारमा रहेका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली ( शुदर्शन) ले सरकारी प्रतिनिधिलाई सुनाएका छन् । यो कुराको ब्रिफिङ सुदर्शनलाई त्यहाँ भेट्न जाने मध्येका एकजनाले उपत्यका नजिकै रहेका विप्लवलाई गरेको बताइन्छ ।
वि.सं.२०७६ असोज ८ बुधवार ०८:५१ मा प्रकाशित





























