८ असोज, काण्माण्डौं । वकिल, न्यायधीश, कर्मचारी र नेता मिलेर काठमाण्डौको ९२ रोपनी सरकारी जग्गा हाउजिङको नाममा दर्ता गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
केन्द्रीय अनुसनधानमा देखिएको छ । केन्द्रीय ब्युरो (सिआइबी) ले यो प्रकरणमा तीन वकिलसहित पाँचजनालाई पक्रउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ ।
चन्द्रागिरी नगरपालिकाको बाडँभञ्ज्याङस्थित ९२ रोपनी दुई आना जग्गा मालपोत कार्यलय कलंकीले ०७२ मा सुयल हाउजिङ कम्पनीको नाममा गरिगिदएको थियो । जसमा वकिल, न्यायाधीश, मालपोत कर्मचारी र नेताको समेत संलग्नता भेटिएको सिआइबीले जनाएको छ ।
घटनामा संलग्न वकिलहरु रामबहादुर शाह, योगेन्द्र पोखरेल र बाबुराम शर्मा रेग्मीलाई सिआइबीले पक्रउ गरेको छ । त्यस्तै, मालपोत कार्यालय कंलकीका तत्कालीन अधिकृत शिवकुमार रिमाल र नक्कली जग्गाधनी मीनाकुमारी थापा पनि पक्राउ परेको छन् । सो घटनाको अनुसन्धान पुरा गरी मंगलबार जिल्ला सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाइएको सिआइबीका प्रवत्ता एसपी वेलबहादुर पाण्डेले बताए । बुधबारको नयाँ पत्रिकाबाट ।
वि.सं.२०७६ असोज ८ बुधवार ०८:३६ मा प्रकाशित

























