back
CTIZAN AD

काङग्रेसले सिकाएको नेकपाले सिकेको यो भष्मासुर शैली

वि.सं.२०७६ असोज ८ बुधवार

1.2K 

shares

८ असोज, काडमाडौँ । अन्र्तघात अझैपनि नौलोनै मानिन्छ , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र । पछिल्ला केहि उदाहरणले भने नेकपा पनि यो नौलो प्रयोगबाट अछुतो नरहेको देखिएको छ । पछिल्ला केहि पेसागत सस्थाको चुनावमा मजवुत पक्कडका बाबजुद पार्टिका उमेदवारहरुको पराजयले पार्टिभित्र यस जटिल रोगले प्रवेस पाएको बुझ्न सकिन्छ ।

पछिल्लो , दमक उध्योग वाणिज्य सँघ , चितवन उध्योग वाणिज्य सँघ र टे«किङ्ग एजेन्ट एसोसीएसनको मत परीणाम सँगै नेकपा भित्र यस्तो रोग पसेको बाहिरबाटै देखिएको हो । नेपालको राजनितिमा २०५१ सालको मध्यावधि निर्वाचनको बेला मेरो प्ुष्ताले अन्र्तघात सब्द पहिलो पटक सुनेको हो । त्यसताका छत्तिसे र चौहत्तरेमा बिभक्त भएर एकले अर्को समुहलाइ जसरी पनि हराउनेगरी लागेकै कारण नेपाली काङ्ग्ेसले आफ्नो बहुमत मात्रै गुमाएन , सँसदमा दोश्रो ठुलो दल बन्न बाध्य समेत भयो । त्यसयताको काङ्ग्ेस सधै निम्छरो रहदै आएको सवैले देखेकै हो । काङ्ग्ेसले भित्रयाएको यो महारोग अन्यदलभित्र पनि प्रवेस पाएको छ ।

यो २६ वर्षमा दुनियामा ठुलै परीवर्तन आइसकेका छन् । देश पनि सम्वैधानिक राजतन्त्र , सक्रिय राजतन्त्र हुँदै सघिँय गणतन्त्रमा प्रवेस गरीसकेको छ । धेरै पुराना मान्यताहरु इतिहासको गर्तमा पुगिसकेका छन भने नयाँ र यसभन्दा अघी सुन्दै नसुनिएका मान्यतामा हामी अभ्यस्त हुन थालिसकेका छौ । नया प्रयोग , नया ब्यवस्था र नया युगमा प्रवेस गरेका हामीले केहि पुराना मान्यता भने विर्सन मानीरहेका रहेनछौ । तत्कालिन नेपाली काङ्ग्ेसले नेपाली राजनितिमा इन्ट्रोड्युस गराएको यो भस्मासुर वानी अहिले सक्तीसाली दल नेकपा भित्र पनि छिरीसकेको रहेछ । यो कुनै मानेमा शुभ सङकेत भने पक्कै होइन ।

नेकपाभित्र घरमा आगो लगाएर खरानीको ब्यापार गर्ने सोँच पलाएको यो घडिमा बिगतमा आफुले देखेका र भोगेका केहि त्यागको याद आएको छ । २०४८ सालमा तत्कालिन नेकपा माक्र्सवादी र मालेको एकतापछि पहिलो आम निर्वाचन हुँदै थियो । प्रजातन्त्र पछिको पहिलो निर्वाचन भएर होला आम मानीसहरु समेतलाइ यसले राम्रै तताएको थियो । पार्टिहरुले उमेदवारका लिष्ट सार्वजनिक गरीरहेका थिए । यसै मेलोमा गुल्मीका तिन सिटका लागी तत्कालीन नेकपा एमालेले पनि उमेदवार तय गरयो । जस अनुसार निर्वाचन क्षेत्र नम्वर १ बाट कमल श्रेष्ठ , दुइबाट पार्टि महासचिव मदन भण्डारीले समेत आदर गर्ने सँगठन विभाग प्रमुख जीवराज आश्रीत र तिनबाट टोमलाल पाण्डेले टिकट पाए । तर मनेनयन पत्र दाखील गर्नु एकघण्टा अगाडि आश्रीत कमरेडले मेरा पीताजी तथा तिन नम्वर निर्वाचन क्षेत्रका पार्टी उमेदवार टोमलाल पाण्डेलाइ एकान्त लग्नुभयो । एकान्त लगेपनि ेआश्रीत कमरेडले पिताजीसँग प्रष्ट कुरा राख्न सक्नु भएन ।

आफुले सम्मान गर्ने नेताले टाउको कन्याएको बुझ्न पिताजीलाइ सायद अप्ठ्यारो परेन उहाँले आश्रीत कमरेडलाइ प्रष्ट भनिदिनु भयो कमरेड म तपाइलाइ अप्ठ्यारोमा पारेर उमेदवार बन्दीन भन्नुस कसलाइ उमेदवार बनाउने सोच तपाइले बनाउनु भएको छ । म सहयोग गर्छु । त्यसपछि टङक पोखरेल पार्टिको उमेदवार बनाइनु भयो । सबै नेता दिलोज्यान दिएर चुनावमा खटे । सीङगो लुम्वीनी अन्चलभरी नवलपरासीमा मझीलाल थारुथनेत बाहेक एमालेका कुनै उमेदवारले चुनाव नजितेपनि पार्टिको अवस्था प्रष्ट भयो । आफुले समेत चुनाव हारेपनि आश्रीत कमरेडले पिताजीको चुनाव रणनिति र खटाइको खुलेर प्रसम्सा गर्नु भयो । पिताजीको कमरेडली भाव उहाँको अन्तीमदिनसम्म उस्तै रहयो ।

उहाले यो विषय फेरी दोश्रो पटक कहिल्यै उठाउनुु भएन ।
पिताजीले जस्तो त्याग गर्ने धेरै नेता अहिले पनि नेकपाभित्र छन । त्यो स्कुलीङ्ग , त्यो त्याग र निष्ठा बोकेका कार्यकर्ता भएको पार्टी भित्र अन्र्तघातको सुरुवात भएको विषय सूरुमा त पत्याउन कठिनै भयो । तर सत्य तितै थियो । जे देखियो त्यो सत्य थियो ।
अव यो सत्यमाथी बहस होइन निर्मम अपरेसन नगरे नेकपाको हैसियतपनि ०५१ को नेपाली काङ्ग्ेसकोेजस्तो हुने पक्का छ । यसकारण नेतूत्वले आफुबाट गल्ती भएको भए सच्याउने र अन्र्तघातीमाथी निर्मम हुन जरुरी छ । आजको जनआस्था बाट ।

वि.सं.२०७६ असोज ८ बुधवार ११:२२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...