८ असोज, दिल्ली । २०१८ को ‘दादा साहब फाल्के अर्वाड’ अमिताभ बच्चनलाई प्रदान गरिने भएको छ ।
केन्द्रीय मन्त्री प्रकाश जावेडकरले मंगलबार यसको जानकारी दिएका हुन् ।
भारत सरकारका तर्फबाट दिइने उक्त पुरस्कार दादा साहब फाल्के अर्वाड फिल्म जगतसँग जोडिएका हस्तिहरु जो भारतीय चलचित्र क्षेत्रमा आजीवन योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिन्छ ।
यसको सुरुवात दादा साहब फाल्केको जन्म शताब्दि १९६९ देखि भएको थियो । पहिलोपटक उक्त सम्मान अभिनेत्री देवीका रानीलाई प्रदान गरिएको थियो । हाल यो पुरस्कारको रुपमा र १० लाख भारु र स्वर्ण कमल दिइन्छ ।
दादा साहब फल्केले आफ्नो करियरमा ९५ फिल्म बनाएका थिए । ३० अप्रिल १८७० मा महाराष्टमा जन्मिएका दादा साहबको असली नाम धुंडीराज गोविन्द फाल्के थियो ।
उनले आफ्नो फिल्मक्षेत्रको १९ वर्षको करियरमा ९५ फिल्म बनाएका थिए । यसमा २६ वटा साना फिल्म थिए । ऊक्त फिल्महरुमा मोहिनी भस्मासुर, सत्यवान सावित्री, श्रीकृष्ण जन्म र लंका दहन सबैभन्दा चर्चित फिल्म हुन् ।
भारतीय संचारमाध्यमका अनुसार खुसीको कुरा यो छ कि २०१९ मा नै अमिताभ वच्चनको पहिलो फिल्म सात हिन्दुस्तानीय’ प्रदर्शन गरिएको ५० वर्ष भएको छ । ११ अक्टोबर १९४२ मा तत्कालीन इलाहावाद (हालको प्रयागराज) मा जन्मिएका अभिताव वच्नचनको पहिलो फिल्म सात हिन्दुस्तानी १९६९ मा रिलिज भएको थियो ।
अमिताभ वच्चन यस समय कौन बनेगा करोडपतिको ११ औं सीजनको संचालन गरिरहेका छन् । बच्चन डाइरेक्टर नागराज मंजुलेको २ अक्टोबरमा रिलिज हुन लागेको ‘झुण्ड’ फिल्ममा समेत देखिनेछन् । ऐजेन्सी
वि.सं.२०७६ असोज ८ बुधवार १५:३१ मा प्रकाशित
























