back
CTIZAN AD

समानताको आधारमा समाजवादी पार्टीसंग एकता हुनसक्छ- नेता महतो

वि.सं.२०७६ असोज ८ बुधवार

873 

shares

८ असोज, धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताए ।

नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँदै जनताको भावनालाई सम्मान गर्न मधेशवादी छ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा व्यक्त गरे ।

“पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो”, उनले भने, “देशमा नेपाली काङ्ग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ र त्यो वैकल्पिक पार्टी एकता पछि सम्भव छ ।”

नेता महतोले जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म विरोध भई रहने हुँदा यसको रक्षाका लागि पनि संशोधन आवश्यक भएको बताए ।

वि.सं.२०७६ असोज ८ बुधवार १५:४५ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...