८ असोज दिल्ली । भारतीय नायक सलमान खानलाई मारिदिने धम्की आएको छ । सल्मान खानलाई पन्जावको जोधपुर कोर्टमा ब्लयाकबक –दबिअपदगअप० को अवैध शिकारको मामिलाको सुनुवाइ भन्दा पहिले यस्तो धम्कि आएको बताइएको छ ।
उनको बारेमा सोसियल मेडियामा मृत्युको खतरा भनेर अपडेट गरिएको थियो ।
लामो समयदेखि चलिरहेको सलमान खानको उक्त मुद्दाका बारेमा २७ सेप्टेम्बरमा हुन लागेको सुनवाई भन्दा अगाडि उनलाई मारिदिने धम्की सोसियल मिडियामा भाइरल भएपछि प्रहरीले त्यसको चेक जाँच गरिरहेको बताइएको छ ।
उक्त धम्की एक विद्यार्थी संगठनको फेसबुक पेजमा राखिएको थियो । जसमा सलमान खानको फोटोमा रातो क्रस लगाइएको थियो । जसलाई खतराको संकेत मानिन्छ ।
जसमा लेखिएको थियो, ‘सलमान सोच, तिमी आफैलाई भारतीय कानुनबाट बचाउन सक्छौं हाल विश्नोइ समाज र सोपू पाटीले तिमीलाई लागि मृत्युको सजायको ऐलान गरेको छ । तिमी सोपूको आदलतमा आरोपी हौं ।’
जोधपुर प्रहरीले उनलाई अदालतमा लैजाने क्रममा पूर्ण सुरक्षा दिने बताएको छ । ऐजेन्सी
वि.सं.२०७६ असोज ८ बुधवार १६:१० मा प्रकाशित



























