६ मंसिर,नयाँ दिल्ली । एजेन्सी बलीउड अभिनेता अमिताभ बच्चनले सयौ किसानको ऋण तिरिदिएका छन् ।उनले उत्तर प्रदेशका एक हजार तीन सय १८ जना किसानले लिएको ऋण चुक्ता गरेको बताएका छन् ।
यसका लागि उनले ६ करोड नेपाली रुपैयाँ भन्दा बढि खर्चेका छन् ।मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ता गरेको जानकारी दिएका हुन् । यसबाट आफुलाई ‘एउटा काम पुरा गरेको महसुस भइरहेको’ पनि उनले बताए ।
एक सरकारी बैंकबाट किसानले लिएको ऋण अमिताभ बच्चनले तिरिदिएका हुन् । बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्रदिने इच्छा व्यक्त गरेका छन् । ती किसानमध्ये ७० जनालाई मुम्बई बोलाउन बच्चनले टे«नको एक डब्बा रिर्जव गरिदिएका छन् । २६ नोभेम्बरमा अमिताभसँग बैंकको कागजात लिन ती किसान मुम्बई आउने बताइएको ऐजेन्सीलाई उद्धृत गर्दै आजको अन्नपूर्णपोष्टले लेखेको छ ।
वि.सं.२०७५ मंसिर ६ बिहीवार ०८:२० मा प्रकाशित
























