८ असोज, काठमाण्डौं । चिनियाँ कम्युनिष्ट पार्टीको सेन्ट्रल पार्टी स्कुलकी नेतृ काओ ली ले नेपाली कमरेडहरुले ए प्लस पाएको नतिजा सुनाएको समाचार प्राप्त भएकौ छ ।
पेशाले प्रोफेसर समेत रहेकी ली ले neighborhood party talk अन्तर्गतको एक कार्यक्रममा सहभागी नेपाली नेताहरुलाई ए प्लस दिएको घोषणा गरेकी थिइन् ।
‘ सि जीन पिङ विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी ( सीपीसी) बिच विचारधारात्मक छलफल कार्यक्रम’ को समापन समारोहमा चिनियाँ नेतृ काउ ली ले ‘यो कार्यक्रममा सहभागी नेपाली नेताहरुलाई म एप्लस दिन चाहान्छु’ भनेकी थिइन् ।
डा. वेदुराम भुसालले संचालन गरेको तथा केन्द्रीय स्कुल विभागका प्रमुख इश्वर पोखरेलले अध्यक्षता गरेको समापन कार्यक्रममा भगवती चौधरी, डा. खिमलाल भट्टराई, रामकुमार शर्मा, गोरख बहादुर बोगटी, रामदिप अचार्य र ऐन महर लगायतका सहभागीहरुको समिक्षात्मक संक्षिप्त प्रतिक्रियालाई मूल्यांकन गर्दै चिनियाँ नेतृ ली ले हांस्दै ए प्लस घोषणा गरेकी थिइन् ।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ झाओ, नेकपा स्थायी समिति सदस्य तथा स्कुलिङ विभागका उपप्रमुख देवेन्द्र पौडेल तथा चीनका अन्य नेताहरु एवम नेपाली सहभागीको उपस्थितिमा आयोजित उक्त समापन समारोहमा नेकपाका सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरलेले बिआरआइलाई ‘बृहद मानब हातेमालो’ को रुपमा बुझ्न पाइएको, विचारधारात्मक छलफल सहित अभ्यास र अनुभव साटासाट भएको तथा विचार, संगठन, कार्यशैली र व्यवहार व्यवस्थित हुनुपर्ने कुरामा शेयरिङ भएको निष्कर्ष सहित २०७६ असोज ७ गते साँझ ६ः४५ बजे कार्यक्रमको समापन गरेका थिए ।
अघिल्लो दिन असोज ६ गते नेपालका प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता सहितको उद्घाटन मन्तव्य, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशिष्ठ आतिथ्यता सहितको ‘कि नोट स्पिच’ चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोग झाओको ‘कि नौट स्पिच’ नेकपा स्कुलिंग बिभाग प्रमुख तथा कार्यक्रमका अध्यक्ष इश्वर पोखरेलको शुभारम्भ मंतव्य एवं विभागका उपप्रमुख देवेन्द्र पौडेलको संचालनमा उद्घाटन समारोह सम्पन्न गरिएको थियो ।
उद्घाटन लगत्तै ६ गते साँझ नै चिनियाँ नेता Hu Zhao Ming को संयोजनमा पार्टी स्कुलकी नेतृ Cao LI ले ‘ Completing The Building of moderately comfortable society’ विषयक प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रमको दोश्रो दिन असोज ७ गते ९ ः ३० बजे शुरु भएको थेम्याटीक सेसन अन्तर्गत ःMa Xue Song ले संयोजन गरेको ‘…comprehensive enforcement of party Discipline’ नामक अवधारणा सो पार्टीको संगठन विभागका सदस्यxu Nan peng द्धारा प्रस्तुत गरिएको थियो ।
यसैगरी ‘comprehensive Deepening of Reform’ नामक अवधारणा सो पार्टीको स्कुल विभागका सदस्य Qin Gang बाट प्रस्तुत गरिएको थियो भने ‘Joint Bid for building Belt and Road initiative and community future for mankind’ विषयक अवधारणा चीनको राष्ट्रिय विकास र सुधार आयोजनाका Shi YU Long बाट प्रस्तुत भएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा बीच भएको पछिल्लो सो कार्यक्रमका सम्बन्धमा ‘ नेपाल अब पूरै चिनतिर ढल्किएको, नेपालीहरुले सी जीन पिङ बिचारधारा आयात गर्न लागेको र मित्र देशहरुको सम्बन्ध सन्तुलनमा दरार उत्पन्न भएको’ जस्ता टिप्पणीहरु आइरहेको सम्बन्धमा सो कार्यक्रमका आयोजक तथा स्कुलिङ विभागका उपप्रमुख देवेन्द्र पौडेलले संसारन्युजलाई प्रतिक्रिया दिँदै भने, ‘पार्टीकौ सम्बन्धका हिसावले र बहश मन्थनका हिसाबले कार्यक्रम ऐतिहासिक भएको छ । दुई पार्टीको सम्बन्ध बढाउन र अनुभव आदान प्रदान गर्न आयोजना भएकालै ै कतैतिर ढल्कने र लहसिने भन्ने प्रश्नै होइन ।’
रेल आउन धेरै मुस्किल
कार्यक्रममा सहभागी नेकपा नेता कृष्ण केसीको ‘नेपालले आपmनै लगानीमा रेल ल्याउन गाहो भएकोले बिआरआइ अन्तर्गत नेपालसम्म चिनीया अनुदानमा रेल ल्याउने कुरो कहांसम्म पुगेको छ’ भन्ने जिज्ञासामा चिनीया नेताले ‘दुइ देशबिचको सहमति’ राम्रो भएपनि प्राबिधिक हिसाबले मुस्किल भै रहेको र आर्थिक बिषय पनि प्रष्ट नभएको’ जवाफ दिएका थिए । यो जवाफसंगै रेलका बारेको संभावना नजिक नभएको अनुभुति सहभागीहरुले गरेका थिए ।
वि.सं.२०७६ असोज ८ बुधवार १८:१४ मा प्रकाशित
























