८ असोज, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलले चिनियाँ राष्ट्रपति सी जिन फिङको आसन्न भ्रमणलाई नबिथोल्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
रिपोर्टस क्लवद्धारा बुधबार अपरान्ह काठमाण्डौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेकपाका नेता पौडेलले चीनको कम्युनिष्ट पार्टी र समाजवादको सम्बन्धमा आफ्ना कुरा शेयरिङ गरेका हुन् भन्दै चिनिया कमरेडहरुले यो मान्नुस् र उ नमान्नुस भन्ने कुरै थिएन भनेर धारणा राखेका थिए ।
भाइचारा सम्बन्धलाई जानेर पनि गलत रुपमा व्याख्या नगर्न पनि उनले अनुरोध गरे । नेपाली कांग्रेसले पनि यस्ता अभ्यास गरे मुलुकलाई फाइदा नै हुने बताउँदै विरोधका लागि मात्र विरोध गर्दा राष्ट्रपति भ्रमण नचाहानेलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपा र सीपीसी विचको ६ बुँदे समझदारीले संविधान कार्यान्वयनमा सन्देह पुर्याएको धारणा राखेका थिए भने राजपा नेता लक्ष्मणलाल कर्णले प्राप्त उपलब्धिको रक्षा गर्दै मधेशी समुदायको माग र भावनाप्रति गम्भीर बन्न आग्रह गरेका थिए ।
वि.सं.२०७६ असोज ८ बुधवार १८:२१ मा प्रकाशित
























