back
CTIZAN AD

विश्व हाइकु सम्मेलन जापानमा सम्पन्न, आगामी सम्मेलन नेपालमा हुने

वि.सं.२०७६ असोज ८ बुधवार

843 

shares

८ असोज, जापान । हाइकु कविहरुको विश्वव्यापी सन्जाल वल्र्ड हाइकु एसोसिएसनले सन् २०२० को विश्व हाइकु सम्मेलन नेपालमा गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको पर्यटन वर्ष २०२० लाई सघाउ पुर्याउने आफ्नो तर्फबाट सानो प्रयास स्वरुप यो कार्यक्रम गर्न लागेको वल्र्ड हाइकु एसोसिएसनका अध्यक्ष तथा जापानी नागरिक बान्या नाचुइशीले बताएका छन् । वल्र्ड हाइकु एसोसिएनको जापानको टोकियोमा भएको १० औं विश्व सम्मेलन ( १३–१५ सेप्टेम्बर) मा उक्त निर्णय भएको हो ।

नेपालबाट हाइकु सम्मेलनमा भाग लिन आएका प्रा. रामकुमार पाँडेका अनुसार नेपालमा हुने उक्त विश्व सम्मेलनमा विश्वभरि छरिएर रहेका चर्चित हाइजिनहरुको उपस्थिती रहनेछ । काठमाडौंमा हुने सम्मेलनको जिम्मा पाँडे अध्यक्ष रहेको नेपाल हाइकु केन्द्रले लिएको छ ।

‘हाइकु को माध्यमबाट पनि नेपालमा पर्यटक भित्राउन सकिन्छ भन्ने अभियान मा लागेका साहित्यकार प्रकाश पौडेल ‘माइला‘ को पहलमा आगामी सम्मेलन नेपालमा गर्ने निर्णय भएको हो ।‘ १५ वर्षदेखि जापानमा बसोवास गरिरहेका माइला वल्र्ड हाइकु एसोसिएसनका केन्द्रीय कार्यसमितका सदस्य पनि हुन् । उनकै प्रस्तावमा सन् २०२० को विश्व हाइकु सम्मेलन नेपालमा गर्ने प्रेरणा जागेको अध्यक्ष बान्याले बताए ।

सम्मेलनबाट बेलायत फर्किए लगत्तै कृष्ण बजगाईंले भने, ‘साहित्यको माध्यमबाट सरकारका राम्रा निर्णयहरुलाई सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन पनि खोजेका हौं ।‘

टोकियोमा भएको दसौं विश्व सम्मेलनमा बेलायतबाट कृष्ण बजगाईं र जापानबाट आलोेक चालिसे र प्रकाश पौडेल ‘माइला‘ सहभागी भएका थिए ।

उक्त सम्मेलनमा जापान, बेलायत, अमेरिका, इटली, फ्रान्स, हंगेरी, इराक्, सहित १७ देशका हाइजिनहरु उपस्थित थिए । कार्यक्रममा हाइकु लेखनका विविध आयामका विषयमा चर्चा भएको थियो ।

 

३ दिन चलेको उक्त कार्यक्रममा हाइकु लेखन, अनुवाद कौशल, हाइगा प्रदर्शन जस्ता कार्यक्रम भएका थिए । कार्यक्रमको मुख्य आकर्षण हाइकु वाचन एवं कृतिहरुको विमोचन थिए । सम्मेलन अन्तर्गत ’नेपाल सेसन’ को लागी बेग्लै समय छुट्टाइएको थियो ।

आलोक चालिसेले सहजकर्ताको भूमिका निभाउनु भएको उक्त सेसनमा नेपालको हाइकु लेखनको इतिहास र वर्तमानका चुनौतिका विषयमा बहस कार्यक्रम राखिएको थियो । एसोसिएसनले नेपालका पाँडेलाई वर्ल्ड हाइकुको मानार्थ सदस्यता पनि प्रदान गरेको छ ।

जापानी साहित्यमा हाइकुको विशिष्ट स्थान छ । जापानमा हाइकु लेखनलाई सबैभन्दा गम्भीर विधा मानिन्छ । हाइकुमा लेखिने विषयलाई जापानी सरकार र जनताले गम्भीरतापूर्वक लिने गर्दछन् ।

वि.सं.२०७६ असोज ८ बुधवार १९:०३ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...