९ असोज, काठमाण्डौं । लामो प्रतिक्षाको विषय बनेको राष्ट्रप्रमुखकाो नेपाल भ्रमण सुनिश्चित भएको छ । चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताआकौ तयारी भ्रमण सँगै राष्ट्रपति सी जिन फिङ को नेपाल भ्रमण तय भएको हो ।
राष्ट्रपति ‘सी’ को भ्रमण कार्तिकको पहिलो सात गर्ने भनिए पनि मिति भने तोकिएको छैन । परराष्ट्रमन्त्रालय श्रोतका अनुसार असोजको अन्तिम दिन देखी कार्तिकको पहिलो साता सम्म सी ले भ्रमण गर्ने गरी तयारी भइरहेको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली संयुत्त राष्ट्रसघंको महासभामा भाग लिएर फर्किएपछि ‘सी’ को नेपाल भ्रमण मिती तय हुने परराष्ट्र श्रोतले बताएको छ ।
राष्ट्रपति सी का अत्यन्तै विस्वासपात्र मानिएका विदेश विभाग प्रमुख सी को नेपाल भ्रमण सँगै जियाङ जमिनले पछि सी नेपाल भ्रमण गर्ने पहिलो राष्ट्रपति बन्ने भएका छन् । photo- Afp
वि.सं.२०७६ असोज ९ बिहीवार ०८:५५ मा प्रकाशित





























