९ असोज, काठमाण्डौं । सरकारले प्रहरी महारिीक्षक (आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो
हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरुको नियमित सहभागिता रहँदै आएको छ । तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको छ ।
मंगबारको मन्त्रिपरिषद् को बैठकमा भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । प्रहरी महानिरीक्षकको विदेश भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्छ ।
चिलीमा १६ अक्टोबरदेखि हुन लागेको इन्टरपोलको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना छ । विना कुनै कारण उनको भ्रमण अस्वीकृत भएपछि गहृ मन्त्रालयका अधिकारीले आश्चर्य मानेका छन् । बिहिबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ असोज ९ बिहीवार ०९:१९ मा प्रकाशित

























