back
CTIZAN AD

कोरियामा ‘छ माया छपक्कै’ को प्रदर्शन गरिने

वि.सं.२०७६ असोज ९ बिहीवार

636 

shares

नवलपुर समाज दक्षिण कोरियाले आफ्नो गृहजिल्लामा रहेका असहाय तथा अनाथ बालबालिकाको सहयोगका लागि कोरियामा ‘छ माया छपक्कै’ को प्रदर्शन गर्ने भएको छ ।

प्रवासी भूमिमा रहेका आम नेपालीहरुमा आपसी सद्भाव, सहयोग र भाइचारा सम्बन्ध कायम गर्दै सामाजिक सेवामा सक्रिय रहेको समाजले बालबालिकाहरुको सहयोगार्थ २०१९ अक्टुबर २० तारिक आईतबारका दिन कोरियाको राजधानी सिओल स्थित 종로구민회관 हल, दोङदेमुनमा नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन गर्ने भएको हो ।

असोज २४ गते काठमाडौं उपत्यका लगायत देशब्यापी एकै साथ नेपालभरिका विभिन्न हलहरुमा प्रदर्शन हुने नेपाली चलचित्र ‘छ माया छपक्कै’ अक्टुबर महिनाको तेस्रो हप्ताबाट कोरियाको राजधानी सिओल सगै कोरियाका बिभिन्न ठूला सहरका हलहरूमा उक्त चलचित्रको प्रदर्शन हुने पक्का भएको छ । चलचित्रको प्रदर्शनबाट संकलन भएको सम्पूर्ण नाफा रकमलाई अनाथ तथा असाहय बालबालिकाहरुको लागि सहयोगार्थ प्रदान गरिने बताइएको छ ।

विगतमा पनि संस्थाले बिभिन्न अभियान मार्फत सहयोग जुटाई सहयोग गर्दै आएको र यसपटक भने अलिक पृथक किसिमको मनोरन्जनात्मक कार्यक्रममार्फत् श्रोतको पहिचान गरी दिर्घकालिन योजनामा हस्तान्तरण गरि आगामी दिनमा समेत यस्तै प्रकारको विभिन्न मनोरन्जनात्मक कार्यक्रम मार्फत श्रोत जुटाई सामाजिक कार्यलाई अझ ससक्त बनाउदै अघि बढ्ने संस्थागत योजना रहेको समेत संस्थाका अध्यक्ष हेम पाठक बताउँछन् ।

 

आमा सरस्वति मुभिज, रोहित अधिकारी फिलिम्स र आइएमईको प्रस्तुती रहेको रोहित अधिकारीको निर्माण अनि कार्यकारी निर्माता जीतु नेपाल, केदार प्रसाद घिमिरे ुमाग्ने बुढोु रहेका छन् । लेखन तथा निर्देशक दिपेन्द्र लामाको निर्देशन रहेको दीपक–दीपको चलचित्र ‘छ माया छपक्कै’ उक्त चलचित्रमा दिपक राज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढो’, जितु नेपाल, शुपुश्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया आदि कलाकारहरुको मुख्य भूमिका रहेका छन् । साथै उक्त फिल्म प्रर्दशन कोरियाको अन्य ठाउँहरुमा गर्नु परेमा आयोजकलाई सम्पर्कगर्न समेत अनुरोध गरिएको छ ।

बिस्तृत जानकारीको लागि
सउल शो जानकारी
मिति –अक्टोबर २०
समय – १ बजे
स्थान– सउल दोङ्देमुन गेट नं ३ बाट हिडेर १० मिनेट 종로구민회관 ९ दोङ्देमुन गेट नं ३ बाट नेभिकेसन टालिने छ ।

सम्पर्क –

हेम पाठक- 01049798542
रिकमान थापा मगर -01046486497
हरि कंडेल- 01046391534
राज चापागाईं- 01021809201
आयोजक : नवलपुर समाज, दक्षिण कोरिया

मुभी ट्रेलर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

वि.सं.२०७६ असोज ९ बिहीवार ०८:५५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...