back
CTIZAN AD

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कुल आचार्यका यस्ता छन् प्रतिबद्धता

वि.सं.२०७६ असोज ९ बिहीवार

702 

shares

९ असोज, बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले लन्डनमा एक कार्यक्रमको आयोजना गरेर २०१९–२०२१ का लागि संघको केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणागरेका हुन् ।

बर्तमान उपाध्यक्ष रहेका आचार्यले बेलायतबाटै अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले विभिन्न देशमा रहेका शुभचिन्तक तथा साथिभाइहरुले दिएको राय सुझावपछि आफू अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निर्णयमा पुगेको उनले उक्त घोषणा कार्यक्रममा बताएका छन् ।

पर्वतको जलजला गाउँपालिका वडा नं ७ मा जन्मिएका आचार्य लामो समयदेखि बेलायतमा व्यवसाय संचालनका साथै विभिन्न सामाजिक संस्था तथा एनआरएनएमा सक्रिय रुपमा लाग्दै आएका छन् ।

युरोप संयोजक हुँदै हाल उपाध्यक्ष रहेका आचार्यले भने ‘ अग्रजहरु, संसारभर रहेका एनआरएनएकर्मी मित्रहरु तथा शुभचिन्तकसँग सरसल्लाह गरी एनआरएनए अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिबद्धताका साथ अगाडि बढाउन ‘भिजनरी’ नेतृत्व आवस्यक भएको बताएका आचार्यले संस्थालाई अझ गतिशील र शसक्त, संस्थागत र समावेशी बनाउने संकल्प सोहि कार्यक्रममा गरेका छन् ।

१० बुँदे घोषणापत्र सार्वजनिक गरेका आचार्यले संसारभर फैलिएका नेपालीहरुसँग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी भित्राउन ठोस कार्ययोजना सहित अघि बढ्ने, बैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्रै बैदेशिक रोजगार र राहतकोषलाई दोब्बर बनाउने, एनआरएनए सीप विकास केन्द्रको स्थापना गर्ने तथा विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सञ्जाल बनाई उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउने बताएका छन् ।

एनआरएनए सदस्यहरुको सहकार्यका आधारमा एउटा शसक्त र गतिशील संस्था बनाउन आफूले उम्मेदवारी दिएको बताएका आचार्यले आफ्ना प्रतिबद्धतामा प्रक्रियामा रहेको नागरिकता विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निष्कर्षमा पुर्याउन निर्णायक पहल गर्ने, गैरआवासीय नेपाली लगानीकर्ताहरु बाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्बन्धको सहयोगमा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नका लागि वातावरण बनाउने, परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्नुका साथै गतवर्ष अयोजित विज्ञ सम्मेलनका निर्णयहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

त्यस्तै  पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा प्रस्ताव गरिएको तथा आइसिसिद्धारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड’ अवधारणलाई चरणबद्ध कार्यान्वयन गर्ने, आगामी दुई वर्षभित्र सदस्य संख्या कम्तिमा लाख पुर्याउने विशेष अभियान संचालन गर्ने, एनसिसि एवं सदस्यहरुद्धारा गरिने कल्याणकारी कामहरु एनआरएनए फाउन्डेशनमार्फत् गर्ने व्यवस्था मिलाउने, एनसिसि तथा आइसिसिमा नेतृत्व चुन्न अनलाइन भोटिङ गर्ने व्यवस्था गर्ने, विदेशमा हुर्किएका दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता र संस्कृतिसँग जोड्न उच्च प्राथमिकता दिने, नेपाल भ्रमण २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम बनाउन र पर्यटक भित्राउन सबै एनसिसिहरुलाई प्रोत्साहित गर्ने, संघका तर्फबाट हरेक मुलुकमा सम्बन्धीत एनसिसिको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरी नेपाल सरकार र पर्यटन बोर्डसँग समन्वय गरी धेरैभन्दा धेरै पर्यटक भित्राउन जोड दिनेलगायतका प्रतिबद्धताहरु घोषणा गरेका छन् ।

वि.सं.२०७६ असोज ९ बिहीवार १२:०५ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...