९ असोज, काठमाडौँ । विगत दुई महिना देखि निरन्तर रुपमा उकालो लाग्दै आएको सुनको मूल्यमा आजभने गिरावट आएको छ ।
बुधबार छापाबाला सुनको ७२ हजार मूल्यमा कारोबार भएकोमा आज १ हजार रुपैँयाले घटेर तोलाको ७१ हजार रुपैँयामा कारोबार भएको छ ।
त्यस्तै तेजाबी सुन बुधवार ७१ हजार ७ सय रुपैँया रहेकोमा आज १ हजारले घटेर ७० हजार ७ सय मूल्यमा कारोबार भएको छ ।
त्यस्तै आजको बजारमा चादीँको मूल्य पनि घटेको छ बुधबार प्रतितोला ८ सय ९० मूल्यमा कारोबार भएकोमा आज २५ रुपैँयाले घटेर ८ सय ६५ मूल्यमा कारोबार भएको सुन चादीँ व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७६ असोज ९ बिहीवार ११:५५ मा प्रकाशित


























