back

वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै

वि.सं.२०७६ असोज ९ बिहीवार

273 

shares
RBB AD
NTC AD

९ असोज, बागलुङ । आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ ।
अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् ।
दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो ।
“बागलुङसँगै छिमेकी पर्वत र म्याग्दीवासीले पनि शिविरबाट लाभ लिनेछन”, उनले भने, “दक्ष र अनुभवी चिकित्सकबाटस्तरीय सेवा प्रदान गर्दैछौँ ।” शिविरमा दन्त, आँखा, मुटु, हाडजोर्नी, नाक, कान, घाँटी र स्त्री रोगसम्बन्धी रोगका बिरामीको निःशुल्क जाँच तथा उपचार गरिनेछ ।
शिविरका लागि ताइवानबाट विशेषज्ञसहित ३५ जनाभन्दा बढी स्वास्थ्यकर्मी बागलुङ आउने भएका छन् । शहीद गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँ र पोखराका विशेषज्ञ चिकित्सकले पनि ताइवानीसँग मिलेर सेवा प्रदान गर्नेछन् । शिविरमा एक सय बढी स्वास्थ्यकर्मी र २५० जना स्वयंसेवक परिचालन हुने भएका छन् ।
शिविर सञ्चालनमा रु सात लाख खर्च हुने अनुमान गरिएको रोटरी क्लब बागलुङका अध्यक्ष ओमप्रकाश पौडेलले बताए । “विभिन्न कारणले उपचारबाट वञ्चित बिरामीलाई लक्षित गरी निःशुल्क शिविर सञ्चालन गर्न लागिएको हो”, उनले भने ।
शल्यक्रिया र थप उपचार गर्नुपर्ने बिरामीका लागि पनि निःशुल्क सेवाका लागि सहजीकरण गरिने आयोजकले जनाएका छन् । रोटरी क्लबकै विशेष पहलमा ताइवानका चिकित्सक शिविरका लागि बागलुङ आउन लागेका हुन् ।
ताइवानका चिकित्सकले शिविरमा सेवाका अतिरिक्त केही स्वास्थ्य उपकरणसमेत अस्पताललाई उपलब्ध गराउने भएका छन् । शिविरले धवलागिरि अञ्चल अस्पतालको सेवाप्रति सर्वसाधारणको विश्वास बढ्ने ठानिएको छ । (रासस)

वि.सं.२०७६ असोज ९ बिहीवार १२:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी...

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ...

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

ढोरपाटन (बागलुङ) । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै...