back

चार डाँका पक्राउ

वि.सं.२०७६ असोज ९ बिहीवार

189 

shares
RBB AD
NTC AD

९ असोज, धनुसा । आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३.३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई गरिएको हो ।
जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्नि्िसङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्नि्िसङमा लुटपाट गर्ने गिरोहका चार जनालाई पक्राउ गरिएको जानकारी दिए

प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको निरीक्षक कार्कीले बताए । डाँकालाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ । उनको अवस्था समान्य रहेको छ । डाँकाको साथबाट हतियार तथा औजार बरामद गरिएको छ ।

गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह हुन् । उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ । सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय र एक रौतहटका छन् । घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।(रासस)

वि.सं.२०७६ असोज ९ बिहीवार १२:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पेस्तोल देखाएर दिनदहाडै सहकारीका कर्मचारीबाट ८० लाख लुटियाे

पेस्तोल देखाएर दिनदहाडै सहकारीका कर्मचारीबाट ८० लाख लुटियाे

जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८०...

सभामुख घिमीरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

सभामुख घिमीरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौँ । सभामुख देवराज घिमिरले भोलि विहान साढे ११ बजे...

असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न प्रधानमन्त्री प्रचण्डको अपिल

असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न प्रधानमन्त्री प्रचण्डको अपिल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति...

विभाजनपछि यस्तो बन्यो अशोक राई नेतृत्वको जसपा (नामावलीसहित)

विभाजनपछि यस्तो बन्यो अशोक राई नेतृत्वको जसपा (नामावलीसहित)

काठमाडौँ । अन्तत : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी...

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...