back
CTIZAN AD

प्रहरी जवान माथि मुद्दा दायर

वि.सं.२०७६ असोज ९ बिहीवार

864 

shares

९ असोज, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेली उपर मुद्दा दायर गरिएको छ ।

पर्सामा कार्यरत प्रहरी जवान साहले जिल्ला प्रहरी कार्यालय पर्साबाट कमसल आयुर्वेदिक औषधी दिएको भन्ने समेत टुङ्गिइसकेको उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग पटक पटक घुस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु. ५ हजार घुस सहित नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको सिलसिलामा निजले सेवाग्राहीले आयुर्वेदिक औषधीको रकम फिर्ता गराउन दिएको उजुरीको काम गर्ने सिलसिलामा आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीसँग उक्त रकम लिएको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

वि.सं.२०७६ असोज ९ बिहीवार १५:१६ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...