back
CTIZAN AD

लाशमाथिको ‘महाभोज’

वि.सं.२०७६ असोज ९ बिहीवार

627 

shares

९ असोज, काठमाडौँ । ‘बेवारिसे लासलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ ।
चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ मा लेखेको उपन्यास हो ‘महाभोज’ ।
भारतको लोकसभा र विधानसभाको उपनिर्वाचनको समय, दलित युवाको हत्या र सोही शव (लास) मा हुने राजनीतिको अवस्था बोकेको उपन्यास महाभोजको नाट्य रुपान्तरण पनि मन्नुले नै गरेका थिए । सोही उपन्यासलाई कवि विप्लव ‘प्रतिक’ले नेपालीमा नाट्य रुपान्तरण गरेका छन् । मण्डला थिएटरमा प्रदर्शन भइरहेको उक्त नाटक कताकता नेपालको वर्तमान घटनापरिघटनासँग पनि मिल्दोजुल्दो देखिन्छ ।
सीतापुर गाउँको कथा बोलेको छ उक्त नाटकले । शहरबाट मुश्किलले २० किलोमिटर दूरीको उक्त गाउँ केही वर्षअघि भने टाढाको लाग्थ्यो । गाउँमा घटना घटे शहरले सुइकोसमेत पाउँदैनथ्यो । तर, अचेल त्यो दुरी रहेन ।
एक दिन गाउँको पुच्छारमा रहेको दलित बस्तीमा आगो लाग्यो । नौजना मानिससहित झुप्रा जले । बचेका मानिस दौडादौड गरेर चौकी पुगे । त्यसदिन ‘सई साहेब’ छुट्टीमा थिए । शहरको दमकलको फोन पनि उठेन…..। शवमाथि अब यहीबाट राजनीति शुरु हुन्छ । घटना मन्त्रीसम्म पुग्छ ।
त्यही गाउँको घटनाका जानकार विद्रोही स्वभावका युवा विसु हुन्छन् । उनको रहस्यमय मृत्युु हुन्छ । हतारमा ‘पोष्टमार्टम’ गरेर शव जलेपनि घटना सेलाउँदैन । घटनाले सञ्चारमाध्यममा उच्चस्थान पाएपछि राजनीति शुरु हुन्छ । मुख्यमन्त्रीकोमा घटना पुग्छ । तर, जसरी दोषी पत्ता लगाउने हो त्यो हुँदैन । हुन्छ त जालझेल र षड्यन्त्र मात्रै । यस्तैयस्तैमा कथा घुम्छ । अन्त्यमा, त्यही खुशीयालीमा महाभोज गरिन्छ ।
चालिस वर्षअघि लेखिएको ‘महाभोज’ अहिले पनि नेपाली समाजमा घट्नेघटनासँग मिल्दोजुल्दो छ । राजनीति, प्रहरी र पत्रकारिताको विकृत रुपलाई नाटकले उतारेको छ ।

निर्देशक अनुप बराल भन्छन, “षडयन्त्रको चक्रब्यूहभित्र जनता कसरी फसेका छन्न, निर्वल आम मान्छेको छटपटी, आक्रोस, र निराशाको गम्भीर गाथा बुनेको छ नाटकले ।” उनले नाटकमा समकालीन घटनालाई ऐतिहासिक समयमा हेर्ने प्रयत्न गरिएको बताए । राजनीति र सामाजिक अन्तरविरोधलाई नाटकले देखाइदिएको छ । भ्रष्ट राजनीतिले समाजलाई नै विसङ्गत बनाइदिन्छ भन्ने सजिव चित्रण हो नाटक ‘महाभोज’ ।

दलित बस्तीमा भएको आगजनीको तथ्य खोज्दा विसु मारिनु, चुनावको समयमा प्रहरी, पत्रकार र राजनीतिक गठजोड र सम्झौता कथाका मार्मिक विषय हुन् । शुरुमा आत्महत्या, अनि हत्या र पछि आफ्नै साथीबाट मारिएको प्रतिवेदन बनाइनु । अनि विसु हत्याको विरोध गरिरहेको मित्रलाइ नै हत्यारा बकाइनु र चरम यातनाबाट हिरासतमै ज्यान लिइनुले समाजमा हुने विकृतिको पाटोलाई नाटकले छर्लङ्ग पारेको छ ।
तथ्यभन्दा भावना र बहकाउमा लाग्ने पत्रकारितालाई समेत नाटकले व्यङ्ग्य गरेको छ । अन्ततः राजनीतिबाट प्राप्त साझा सफलतामा सबैको ‘महाभोज’ चल्छ । यही तीन ‘पी’ प्रेस, पोलिटिक्स र पुलिसको भोज हो नाटक ‘महाभोज’ ।

भारतीय साहित्यकार मन्नुुको उपन्यासबाट अनुवाद गरिए पनि ‘महाभोज’मा मौलिकता छ । नाटकमा विप्लव प्रतिक, रमेश बुढाथोकी, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, राज न्यौपाने, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशीलगायत कलाकारले अभिनय गरेका छन् ।
गजवको नाटक रहेको प्रतिक्रिया दिँदै काठमाडौँ रामकोटका दीपेश खनालले भने, “अहिलेको समाजसँग मिल्दो जुल्दो छ, एउटा नागरिकको मृत्युमा राजनीति गरेर कसरी फाइदा लिन केसम्म गरिँदो रहेछ । (रासस)

वि.सं.२०७६ असोज ९ बिहीवार १४:५९ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...