back
CTIZAN AD

सेयर बजारमा ओरालो लाग्ने क्रम जारी, हेर्नुहोस् कसले कति गुमाए ?

वि.सं.२०७६ असोज ९ बिहीवार

642 

shares

९ असोज, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ ।

नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर रु २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बीमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.७५, व्यापार ४.८२, विकस बैंक ४.७, वित्त ०.०२, निर्जीवन बीमा १३.६३, उत्पादन ९.९४, अन्य ०.२१, लघुवित्त ३.७३ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज माछापुच्छे« बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ९४ लाख ६१ हजार ९५५ बराबरको शेयर कारोवार भएको छ । यस्तै सानिमा बैंक रु एक करोड २५ लाख नौ हजार ९५४, प्रभु बैंक रु एक करोड १४ लाख ८६ हजार ६११, मेगा बैंक रु एक करोड एक लाख १८ हजार ८२२, नेपाल बैंक लिमिटेड रु ८३ लाख ९७५, एनएलजी इन्स्योरेन्स कम्पनी रु ६६ लाख १९ हजार २७२ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा सिनर्जी पावरका लगानीकर्ताले ७.४६ प्रतिशतले कमाए । यस्तै गुर्खाज फाइनान्स ६.५४, हिमालयन ऊर्जा विकास कम्पनी ५.६६, नेरुडे लघुवित्त वित्तीय संस्था ३.८४, हिमालयन पावर पार्टरन ३.८२ र समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानी कर्ताले ३.८१ प्रतिशतले कमाए ।

त्यस्तै गुमाउनेमा जोशी हाइड्रोपावर ५.२६, विशाल बजार कम्पनी ३.९३, विजय लघुवित्त वित्तीय संस्था ३.९२, आरएमडिसी लघुवित्त वित्तीय संस्था ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ३।६६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६३ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ असोज ९ बिहीवार १६:२२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...