१० असोज, काठमाण्डौं । सत्तारुढ नेकपाभित्र भागबन्डा नमिल्दा विश्वविद्यायलयहरुमा पदाधिकारी नियुक्तिमा ढिलाई भइरहेको छ ।
उपकुलपति चयनका निम्ति शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा ७ विश्वविद्यालयका लागि अलग–अलग पदाधिकारी छनौट कार्यदल ( सर्च कमिटी) गठन भएको छ ।
त्रिविसहित केही विश्वविद्यालयका निम्ति कमिटिले नामसमेत सिफारिस गरिरहेको छ ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्राध्यापकहरुले आफूअनुकुल व्यक्तिलाई मात्र सिफारिस गरेर नियुक्तिको अडान लिएपछि प्रक्रिया अघि बढ्न नसकेको स्रोतले जानकारी दिएको शुक्रबारको कान्तिपुर दैनिकले लेखेको छ ।
‘तिनैमध्येबाट नियुक्ति हुनेमा ढुक्क छौं तर गुटबन्दीका कारण ढिलाई भएको बुझेका छौं ।’ प्रधानमन्त्री निकट एक प्राध्यापकले भने ।
वि.सं.२०७६ असोज १० शुक्रवार ०९:०१ मा प्रकाशित
























