back
CTIZAN AD

जामका कारण बाटोमै छोरा गुमाइन् सिर्जनाले

वि.सं.२०७६ असोज ११ शनिवार

837 

shares

११ असोज, महादेवबेसी धादिङ । उनी कहिले छोरालाई काखमा सुताउँथिन् । कहिले पछ्यौरीले गुटुमुटु पार्थिन् । भोक÷प्यास लागे नलागेको सोध्थिन् । मिर्गौलाको उपचारका लागि छोरालाई काठमाण्डौं लैजादै गरेकी रौतहटको गरुडा नगरपालिका ८ की सिर्जना देवी साहले बिहिबार राति बसमा आँखा झिम्म गर्न पाइनन् । तर उनले बिरामी छोरालाई हस्पिटल पुर्याउन सकिनन् । काखमै छोरो गुमाउनु पर्यो ।

जनकपुरमा सम्भव नभएपछि ३५ वर्षीया छोरा रुपलाललाई थप उपचारका लागि काठमाण्डौं लैजान सिर्जना देवी साह रौतहटबाट बिहिबार साँझ ना ७ख ५३६४ नम्बरको बस चढेकी थिइन् । मध्यरातमा थाक्रे ८ चारकिलामा दुईटा मालबाहक कन्टेनर ठोक्किएर राजमार्ग अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेवबेसी बजार नजिकैं हुलाक डाँडामै जाममा फसेको थियो । शुक्रबार बिहान ६ बजेतिर बसमै रुपलालको मृत्यु भएको हो ।

जाममै रहेका बेला बिहान ३ बजेतिर बिस्कुट र पानी खाएर साहको स्थिति अकस्मात गम्भीर भएपछि आफूहरुले एम्बुलेन्स खोज्न सघाएको चालक भगवान न्यौपानेले बताएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।  एम्बुलेन्स खोजिनसक्दै रुपलालको मृत्यु भएको थियो ।

वि.सं.२०७६ असोज ११ शनिवार ०८:४० मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...