११ असोज,काठमाण्डौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अनुशासन समितिको कारबाही सम्बन्धीको मापदण्डलाई लिएर आपत्ति प्रकट गरेका छन् ।
प्रतिशोध लिने ढंगले कारबाही प्रक्रियामा फरक–फरक विधि र मापदण्ड समितिले अपनाएको भन्दै उनले शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्टि पोखेका हुन् । बाँके र सप्तरीमा समितिले अघि बढाएको कारबाही प्रक्रियालाई लिएर पौडेलले असन्तुष्टि प्रकट गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले बताएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।
तीन तहकै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेकाहरुमाथि कारबाही गर्न पार्टीले केन्द्रीय सदस्य भीष्म आङदेम्बेको नेतृत्वमा अनुसासन समिति गठन गरेको थियो । समितिले उजुरीका आधारमा सयौं नेता तथा कार्यकर्तालाई प्रष्टीकरण लिने प्रक्रिया सुरु गरेको छ ।
वि.सं.२०७६ असोज ११ शनिवार ०८:४९ मा प्रकाशित
























