११ असोज,काठमाण्डौं । संघीय संसद सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झण्डै ७० करोड रुपैयाँ खर्च गरेको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा तलबका लागि ३५ करोड ४६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।
कुन शिर्षकमा कति बुझे ?
तलब -३४,१६,७३, २२३.१२
महँगी भत्ता-३६,४७,८७०,९७
अन्य भत्ता -(बैठक, ट्याक्सी) ७,३९,५०५११.८८
औषधि उपचार खर्च-१५,१५,४५१.५०
पानी तथा विजुली खर्च-८०,००,०००
सञ्चार महसुल-१,१८,९७,०००
घर भाडा -१९,६४,१६,९७८.३५
इन्धन-६९,१६,०३०.७३
सञ्चालन तथा मर्मत सम्भार-१०,००,०००
विविध कार्यक्रम खर्च-२३, ६७, ०६६
औषधि खरिद-१९,९३,२०८
अनुगमन तथा मरुल्यांकन -१,१९,४४,२६६
वि.सं.२०७६ असोज ११ शनिवार ०९:०४ मा प्रकाशित
























