back

जल पर्यटनको प्रवद्र्धनका लागि हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ

वि.सं.२०७३ मंसिर १३ सोमवार

807 

shares
GLOBAL IME AD
NTC AD

पोखरा । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि पोखरास्थित उपल्लो सेती नदीमा अन्तर्राष्ट्रियस्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ प्रतियोगिता सुरु भएको छ ।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा सुरु यो प्रतियोगिता पोखरामा भने पहिलोपटक आयोजना गरिएको नाराका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिनुभयो ।

नाराद्वारा यसअघि १४ वटा संस्करण भोटेकोसी र त्रिशूली नदीमा आयोजना गरिएपनि १५औँ संस्करण भने पोखरामा आयोजना गरिएको उहाँले बताउनुभयो ।

“प्रतियोगितामा १६ देशका ९२ जनाको सहभागिता रहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो– “विदेशी राष्ट्रका ३७ जना रहेका छन्, जसमध्ये अमेरिकाका प्रतियोगीको सङ्ख्या बढी छ ।”

उपल्लो सेती नदीको मर्दीघाटमा प्रतियोगिता गरिएको नाराका महासचिव शेखरबहादुर थापाले जानकारी दिनुभयो ।

नेपालमा जल पर्यटनको विकासका लागि यस किसिमका प्रतियोगिता उपयोगी बन्ने बताउँदै उहाँले प्रतियोगिताले जल पर्यटनका लागि विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने विश्वास लिइएको बताउनुभयो ।

¥याफ्टिङ एवम् कायकिङका लागि विश्वका प्रमुख १० नदीमध्ये नेपालका तीनवटा नदी सुनकोसी पहिलो स्थानमा, कर्णाली पाँचौँ स्थानमा र भोटेकोसी सातौँ स्थानमा पर्ने अध्यक्ष दाहालले जानकारी दिनुभयो । प्रतियोगिता तीन दिनसम्म चल्ने छ । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १०:५९ मा प्रकाशित

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...

अब पोखराको प्याराग्लाइडिङ खपौदीमा अवतरण हुने

अब पोखराको प्याराग्लाइडिङ खपौदीमा अवतरण हुने

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ...

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘राइनासकोट’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘राइनासकोट’

अच्युत रेग्मी/राइनासकोट (लमजुङ) । पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट...

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

बागलुङ । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन...

कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु

कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु

गलेश्वर (म्याग्दी) । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको...

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरका रूपमा प्रा.डा....