back
CTIZAN AD

जल पर्यटनको प्रवद्र्धनका लागि हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ

वि.सं.२०७३ मंसिर १३ सोमवार

1.3K 

shares

पोखरा । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि पोखरास्थित उपल्लो सेती नदीमा अन्तर्राष्ट्रियस्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ प्रतियोगिता सुरु भएको छ ।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा सुरु यो प्रतियोगिता पोखरामा भने पहिलोपटक आयोजना गरिएको नाराका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिनुभयो ।

नाराद्वारा यसअघि १४ वटा संस्करण भोटेकोसी र त्रिशूली नदीमा आयोजना गरिएपनि १५औँ संस्करण भने पोखरामा आयोजना गरिएको उहाँले बताउनुभयो ।

“प्रतियोगितामा १६ देशका ९२ जनाको सहभागिता रहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो– “विदेशी राष्ट्रका ३७ जना रहेका छन्, जसमध्ये अमेरिकाका प्रतियोगीको सङ्ख्या बढी छ ।”

उपल्लो सेती नदीको मर्दीघाटमा प्रतियोगिता गरिएको नाराका महासचिव शेखरबहादुर थापाले जानकारी दिनुभयो ।

नेपालमा जल पर्यटनको विकासका लागि यस किसिमका प्रतियोगिता उपयोगी बन्ने बताउँदै उहाँले प्रतियोगिताले जल पर्यटनका लागि विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने विश्वास लिइएको बताउनुभयो ।

¥याफ्टिङ एवम् कायकिङका लागि विश्वका प्रमुख १० नदीमध्ये नेपालका तीनवटा नदी सुनकोसी पहिलो स्थानमा, कर्णाली पाँचौँ स्थानमा र भोटेकोसी सातौँ स्थानमा पर्ने अध्यक्ष दाहालले जानकारी दिनुभयो । प्रतियोगिता तीन दिनसम्म चल्ने छ । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १०:५९ मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...