back
CTIZAN AD

सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धान गर्ने तयारी

वि.सं.२०७३ मंसिर १३ सोमवार

1K 

shares

१३ मङ्सिर,काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मङ्सिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारीे गरेको छ ।

आयोगले आन्तरिक काम ९० प्रतिशत गरिसकेको र अनुसन्धानका लागि स्थानीयस्तरमा जानुपर्ने भएकाले आयोगले सात प्रदेश एक÷एकवटा मुकाम खडा गरी काम सुरु गर्ने तयारी गरेको आयोगका सदस्य मञ्चला झाले जानकारी दिनुभयो ।

आयोगले सात प्रदेशमा मुकाम खडा गरेर काम गर्नका लागि आवश्यक बजेटका लागि अर्थमन्त्रालयमा माग गरिसकेको र बजेट आउनेबित्तिकै सातै प्रदेशको अनुसन्धानको काम अघि बढाउने आयोगका सदस्य झाले बताउनुभयो ।

सात प्रदेशमा एक–एकवटा खडा गरिएको मुकाममा अनुसन्धानका लागि सहन्यायाधीवक्ताको संयोजकत्वमा आयोगले तीन सदस्यीय गठन गर्ने निर्णयसमेत गरिसकेको छ ।

सहन्यायाधिवक्ताको संयोजकत्वमा आयोगले सूचीकृत गरेको एक विज्ञ, स्थानीय निकायको एक विज्ञ गरी तीनजनाबाट अनुसन्धान सुरु गर्ने आयोगले निर्णय गरिसकेको आयोगका सदस्य झाले जानकारी दिनुभयो ।

आयोगमा हालसम्म ५७ हजार ७५३ उजुरी परेका छन् । आयोगले घटनाको वर्गीकरण गरिसकेको छ । त्यसमा जघन्य अपराध र अन्य खालका अपराधलाई समेत छुट्याएको छ ।

द्वन्द्वकालीन मुद्दाको न्यायिक निरुपण गर्न गठन गरिएको आयोगको दुई वर्षका समय सकिनै लाग्दा पनि ऐन संशोधन नहुँदा आयोगले काम गर्न असहज भएको सदस्य झाको भनाइ छ । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार ११:०० मा प्रकाशित

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...