back

सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धान गर्ने तयारी

वि.सं.२०७३ मंसिर १३ सोमवार

555 

shares
GLOBAL IME AD
NTC AD

१३ मङ्सिर,काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मङ्सिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारीे गरेको छ ।

आयोगले आन्तरिक काम ९० प्रतिशत गरिसकेको र अनुसन्धानका लागि स्थानीयस्तरमा जानुपर्ने भएकाले आयोगले सात प्रदेश एक÷एकवटा मुकाम खडा गरी काम सुरु गर्ने तयारी गरेको आयोगका सदस्य मञ्चला झाले जानकारी दिनुभयो ।

आयोगले सात प्रदेशमा मुकाम खडा गरेर काम गर्नका लागि आवश्यक बजेटका लागि अर्थमन्त्रालयमा माग गरिसकेको र बजेट आउनेबित्तिकै सातै प्रदेशको अनुसन्धानको काम अघि बढाउने आयोगका सदस्य झाले बताउनुभयो ।

सात प्रदेशमा एक–एकवटा खडा गरिएको मुकाममा अनुसन्धानका लागि सहन्यायाधीवक्ताको संयोजकत्वमा आयोगले तीन सदस्यीय गठन गर्ने निर्णयसमेत गरिसकेको छ ।

सहन्यायाधिवक्ताको संयोजकत्वमा आयोगले सूचीकृत गरेको एक विज्ञ, स्थानीय निकायको एक विज्ञ गरी तीनजनाबाट अनुसन्धान सुरु गर्ने आयोगले निर्णय गरिसकेको आयोगका सदस्य झाले जानकारी दिनुभयो ।

आयोगमा हालसम्म ५७ हजार ७५३ उजुरी परेका छन् । आयोगले घटनाको वर्गीकरण गरिसकेको छ । त्यसमा जघन्य अपराध र अन्य खालका अपराधलाई समेत छुट्याएको छ ।

द्वन्द्वकालीन मुद्दाको न्यायिक निरुपण गर्न गठन गरिएको आयोगको दुई वर्षका समय सकिनै लाग्दा पनि ऐन संशोधन नहुँदा आयोगले काम गर्न असहज भएको सदस्य झाको भनाइ छ । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार ११:०० मा प्रकाशित

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु...

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को...