back
CTIZAN AD

मूर्ति चोरीमा संलग्नलाई तत्काल पक्राउ गर्न मन्त्री शाहीको निर्देशन

वि.सं.२०७३ मंसिर १४ मंगलवार

816 

shares

१४ मंसिर, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दत्तात्रय भगवान्को मूर्तिसहित बहुमूल्य वस्तु चोरी भएको घटनाबारे शीघ्र अनुसन्धान गरेर दोषीलाई पक्राउ गरी कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

जुम्लास्थित प्रसिद्ध धार्मिकस्थल चन्दननाथबाबाबाट चार हात लामो दतात्रय भगवान्को मूर्तिसहित बहुमूल्य वस्तु आइतबार राति चोरी भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले जुम्लाका प्रजिअ रुद्रप्रसाद पण्डितसँग घटनाको विषयमा विस्तृत जानकारी लिनुका साथै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ञयसैगरी मन्त्री शाहीले घटनाको विषयमा अनुसन्धान गर्न पुरातत्व विभागलाई समेत आवश्यक निर्देशन दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

ञगृह मन्त्रालयसँग मूर्ति चोरी भएको विषयलाई उच्च प्राथमिकताका साथ खोजबिन, अनुसन्धान र तहकिकात गर्न समेत मन्त्री शाहीले अनुरोध गर्नुभएको बताइएको छ ।

ञघटनाको विषयमा छानबिन गरी तथ्य सत्य पत्ता लगाउन र घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर आवश्यक कारवाही अगाडी बढाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:५२ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...