back

घरबाट भागेर हिँडेका चार किशोरीको उद्धार

वि.सं.२०७३ मंसिर १४ मंगलवार

453 

shares
GLOBAL IME AD
NTC AD

१४ मङ्सिर,गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ ।

घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट आइतबार उद्धार गरिएको हो ।

लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले खोजतलास गर्दा ती किशोरी फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले सोमबार जानकारी दिनुभयो ।

उद्धार गरिनेमा गुल्मीको सिर्सेनी गाविस–३ कि १२ वर्षीया सुनिता नेपाली, १४ वर्षीया विमा नेपाली, १६ वर्षीया रीता नेपाली र सोही गाविस–२ निवासी १२ वर्षीया लक्ष्मी नेपाली रहेका छन् ।

प्रहरीले उनीहरुलाई सोधपुछ गरी किशोरीका आफन्तलाई जिम्मा लगाएको छ । किशोरीहरुले भने काम गर्ने सिलसिलामा आफूहरु घरबाट भागेर बुटवल जान लागेका बताएका छन् । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:५९ मा प्रकाशित

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको...

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख...

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको...

आन्दोलनबाट घर फर्किदै गरेका शिक्षक चढेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

आन्दोलनबाट घर फर्किदै गरेका शिक्षक चढेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस...

आजको मौसम विवरण : यी तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आजको मौसम विवरण : यी तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...