back
CTIZAN AD

घरबाट भागेर हिँडेका चार किशोरीको उद्धार

वि.सं.२०७३ मंसिर १४ मंगलवार

813 

shares

१४ मङ्सिर,गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ ।

घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट आइतबार उद्धार गरिएको हो ।

लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले खोजतलास गर्दा ती किशोरी फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले सोमबार जानकारी दिनुभयो ।

उद्धार गरिनेमा गुल्मीको सिर्सेनी गाविस–३ कि १२ वर्षीया सुनिता नेपाली, १४ वर्षीया विमा नेपाली, १६ वर्षीया रीता नेपाली र सोही गाविस–२ निवासी १२ वर्षीया लक्ष्मी नेपाली रहेका छन् ।

प्रहरीले उनीहरुलाई सोधपुछ गरी किशोरीका आफन्तलाई जिम्मा लगाएको छ । किशोरीहरुले भने काम गर्ने सिलसिलामा आफूहरु घरबाट भागेर बुटवल जान लागेका बताएका छन् । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:५९ मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...