back
CTIZAN AD

मेलामा रू १० करोड बराबरको कारोबार

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.4K 

shares

hastakala-mela-2073

१४ मङ्सिर, काठमाडौँ  । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १४औँ हस्तकला व्यापार मेला तथा १२औँ हस्तकला प्रतियोगितामा रू १० करोड बराबरको आर्थिक कारोबार भएको छ ।

यही मङ्सिर १० गतेदेखि आजसम्म जारी मेलामा करिब दुई लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

त्यसैगरी उत्कृष्ट प्याभिलियनतर्फ सवा नेपाल नामक संस्थाले रू एक लाख पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट बिक्री कक्षतर्फ आरजेस बेतबाँस फर्निचर लघुउद्योग राजापुर बर्दियाले रू २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले उत्कृष्टलाई पुरकार प्रदान गर्दै नेपाली हस्तकलाको विश्व बजारमा राम्रो माग भएको बताउँदै यसको उत्पादनलाई बढाउन सरकारले उद्यमीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासका क्रममा निर्यात व्यापारमा अग्रणी भूमिका रहेको बताउँदै यसलाई देशभर फैलाउन सकेमा ठूलो रोजगारी सिर्जना हुने र गरिबी निवारणको सहयोग पुग्ने बताउनुभयो ।

महासङ्घको अभिलेखअनुसार गत आर्थिक वर्षमा हस्तकला निकासी करिब पाँच अर्ब बराबरको रहेको छ । सो क्षेत्रले करिब ११÷१२ लाख व्यक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गरेको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १६:५३ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...