back

मेलामा रू १० करोड बराबरको कारोबार

वि.सं.२०७३ मंसिर १४ मंगलवार

483 

shares
NTC AD
Global IME AD

hastakala-mela-2073

१४ मङ्सिर, काठमाडौँ  । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १४औँ हस्तकला व्यापार मेला तथा १२औँ हस्तकला प्रतियोगितामा रू १० करोड बराबरको आर्थिक कारोबार भएको छ ।

यही मङ्सिर १० गतेदेखि आजसम्म जारी मेलामा करिब दुई लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

त्यसैगरी उत्कृष्ट प्याभिलियनतर्फ सवा नेपाल नामक संस्थाले रू एक लाख पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट बिक्री कक्षतर्फ आरजेस बेतबाँस फर्निचर लघुउद्योग राजापुर बर्दियाले रू २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले उत्कृष्टलाई पुरकार प्रदान गर्दै नेपाली हस्तकलाको विश्व बजारमा राम्रो माग भएको बताउँदै यसको उत्पादनलाई बढाउन सरकारले उद्यमीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासका क्रममा निर्यात व्यापारमा अग्रणी भूमिका रहेको बताउँदै यसलाई देशभर फैलाउन सकेमा ठूलो रोजगारी सिर्जना हुने र गरिबी निवारणको सहयोग पुग्ने बताउनुभयो ।

महासङ्घको अभिलेखअनुसार गत आर्थिक वर्षमा हस्तकला निकासी करिब पाँच अर्ब बराबरको रहेको छ । सो क्षेत्रले करिब ११÷१२ लाख व्यक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गरेको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १६:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...